राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा पार्टीका प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्ले मनोनयन हुनुभएको छ ।
महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो । पार्टी सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव गर्नुभएको थियो । साथै बैठकले सुमना श्रेष्ठ, कविन्द्र बुर्लाकोटी र विपिन आचार्यलाई सह-महामन्त्री चुनेको छ । यसैगरी, संसदीय दलको उपनेताको रुपमा विराजभक्त श्रेष्ठ चुनिएका छन्। पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह-कोषाध्यक्ष वसुमाया तामाङ्ग र दीपक बोहरा चयन भएका छन् । पार्टीका सह-प्रवक्तामा रमेश प्रसाई, मनिष झा, प्रतिभा रावल चुनिएका छन् ।
उक्त बैठकले पार्टीको मूल दस्तावेजको रुपमा “बहुलवादी लोकतान्त्रिक” प्रस्तावना समेत पारित गरेको छ । प्रस्तावनामा रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने उल्लेख गरेको छ ।
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्