
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा पार्टीका प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्ले मनोनयन हुनुभएको छ ।
महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो । पार्टी सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव गर्नुभएको थियो । साथै बैठकले सुमना श्रेष्ठ, कविन्द्र बुर्लाकोटी र विपिन आचार्यलाई सह-महामन्त्री चुनेको छ । यसैगरी, संसदीय दलको उपनेताको रुपमा विराजभक्त श्रेष्ठ चुनिएका छन्। पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह-कोषाध्यक्ष वसुमाया तामाङ्ग र दीपक बोहरा चयन भएका छन् । पार्टीका सह-प्रवक्तामा रमेश प्रसाई, मनिष झा, प्रतिभा रावल चुनिएका छन् ।
उक्त बैठकले पार्टीको मूल दस्तावेजको रुपमा “बहुलवादी लोकतान्त्रिक” प्रस्तावना समेत पारित गरेको छ । प्रस्तावनामा रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने उल्लेख गरेको छ ।

धरान १७ स्थित सप्तरंगी पार्क लागूपदार्थ सेवनको अखडा बन्दैछ किन ?

गोधुली रनिङ्ग कप २५ औं संस्करणको उपाधि धरान १४ को पोल्टामा, प्याराफिटमा दर्शकहरु अटाएनन

धरान उपमहानगरको १६ औं नगर सभा सम्पन्न भैरहदा उपमहानहरको प्रमुख प्रबेश द्वारले गर्दै गरेको स्वागत

नगर प्रमुख हर्कराज राईले एडिबीको फाईल पुन:खोल्दै,१५ करोड सल्लाहमै झ्वाम, भन्छन जनअदालतमा पेश गर्ने

धनकुटामा चार क्याम्पसको चुनाव तीनमा अनेरास्ववियुको अग्रता र एकमा नेविसंघ विजयी

प्रतिक्रिया दिनुहोस्