शुक्रबार, भदौ २६, २०८३ | Fri September 11, 2026


शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम

शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम

Omribung Admin | २ हप्ता अघि

शेर्पा संघ दक्षिण कोरियाले रसुवाका बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख ४८ हजार ८८३ (३१ लाख ८१ हजार १७५ कोरियन वन) आर्थिक सहयोग प्रदान गरेको छ। ३० अगस्ट २०२६ मा संघले एक पत्र जारी गर्दै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनःस्थापनाका लागि उक्त मानवीय सहयोग गरेको जानकारी दिएको हो।

संघले प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु आफ्नो मानवीय दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

संघका महासचिव निम्नुरी खापा शेर्पा र अध्यक्ष दोर्चि शेर्पा द्वारा हस्ताक्षरित पत्रमा “पीडित परिवारको दुःखमा हाम्रो साथ—मानवीय सेवामा हाम्रो हात” भन्ने सन्देशसमेत दिइएको छ।
विदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिमा साथ दिने शेर्पा संघ दक्षिण कोरियाको यो सहयोगले प्रवासी नेपालीको आर्थिक सहयोग र सामाजिक उत्तरदायित्वलाई थप उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित