पूर्वी खोटाङ – १९ बर्षिय मनिषा बास्तोला नेचा सल्यान गाउपालिका वडा नं २ सोलुखुम्बु (माईती) घर भै हाल ऐसेलुखर्क गापा वडा नं ५ महेश्वरी निवासी सुर्य पाण्डे संग गत डेढ बर्ष अघि मात्र बैबाह्कि जीवनमा बाधिएका थिए । बिबाह भएको एक बर्ष पश्चात एक्कासी टाउको दुख्ने तथा छाती दुख्ने रोगबाट ग्रसित भएपछि अस्पतालमा जाँच गराउने क्रममा क्यान्सर रोग पत्ता लागेको कुरा उनका पति सुर्य पाण्डेले जानकारी गराए ।

परीक्षणको क्रममा बास्तोलाको घाँटीमा क्यान्सर भएको रिपोर्ट आएपछि हाल क्यान्सर अस्पताल पाटनमा डा.मिक्साङ लामाको टीमले उपचारको प्रक्रिया अघि बढाईरहेको जानकारी उनका पतिले जानकारी गराए । डा.लामाको अनुसार बिरामीको क्यान्सर दोश्रो स्टेजमा रहेको र बिरामीको सानै उमेर भएकोले नियमित रुपमा उपचार गरेमा रोग निको हुनसक्ने भनेर जानकारी गराएकाछन् उनका पति पाण्डेको कथन रहेको छ । बिरामीको उपचारको निमित्त करिब १०/११ लाख रुपैयाको जोहो गर्नु पर्ने तर घरको आर्थिक स्थिति एकदमै जीर्ण अवस्थामा रहेको हुनाले देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण अफन्तजन तथा सबैमा आर्थिक सहयोगको अपिल गरेका छन् । जसका लागि ओम्रीबुङ मिडिया प्रा.लि.संग सिधै सम्पर्क गर्न चाहनुहुनेले ९८४२०६३६०९ प्रधान कार्यालय धरान १७ सुनसरीमा सम्पर्क गर्नसक्नुहनेछ भने बिरामीका पतिको बैंक खाता बिबरण निम्नानुसार रहेको छ ।
खातावालाको नाम सुर्य पाण्डे (Surya Pandey)
बैंक : राष्ट्रिय बाणिज्य र्बैक
खाता नम्बर २१४०१०००२६५७६०१०
मोबाइल नम्बर ९८४८२१६१०७
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्