बिज्ञान राई/ओम्रीबुङ/धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३७ लाख २ हजार रुपैयाँ सहयोग गरेको छ।

Screenshot
प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारी (पेन्सनर) हरूबाट स्वतःस्फूर्त रूपमा एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरी उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अनुसार संकलित रु. ३७,०२,००० रकम बाढीपहिरोबाट प्रभावित परिवारहरूको तत्काल राहत, औषधि उपचार तथा दीर्घकालीन पुनर्स्थापनाका कार्यमा सहयोग पुग्ने उद्देश्यले प्रदान गरिएको हो।
हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै प्रतिष्ठानले मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

Screenshot
स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा अनुसन्धानको क्षेत्रमा अग्रणी संस्थाका रूपमा रहेको प्रतिष्ठानले विपद्को समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ। प्रतिष्ठानले महामारी, प्राकृतिक प्रकोप तथा विभिन्न संकटका समयमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको समेत उल्लेख गरेको छ।
राहत कोषमा योगदान गर्ने निर्णयअनुसार प्रतिष्ठान परिवारका विभिन्न तहमा कार्यरत कर्मचारी तथा अन्य सदस्यहरूले आफ्नो पारिश्रमिकबाट सहयोग गरेका थिए।
यस मानवीय कार्यमा सहयोग गर्ने प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पेन्सनरहरूप्रति प्रतिष्ठानले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्