बिज्ञान राई/पूर्वीय दर्शनमा आधारित सामवेदको एक टुक्रा शास्त्रीय संगीत २०८१ फागुन महिनाको ३ गते धरान १७ को स्थानिय उदय सामुदायिक वन उपभोक्ताको सभाहलमा गुन्जयमान भएको थियो । उक्त संगीतमय साझको प्रस्तुतीमा बासुरी बादक डा.निरन्जन भण्डारी,तबलामा डा,अच्युत राजभण्डारी र सितारमा रामकुमार अर्याल रहेका थिए ।

धरान १७ वन समितिको सभाहलमा गुन्जयमान भएको उक्त सांगीतिक साझमा स्थानिय दर्शक श्रोताहरुको बाक्लो उपस्थिति रहेको थियो । बिशेष गरेर पाश्चात्य संगीतले पूर्वीय संगीतलाई नकरात्मक प्रभाव पारिरहेको बेला यस्ता कार्यक्रमले शास्त्रीय संगीत प्रतिको महत्वो र बिशेषता बारे सबैमा उत्सुकता जगाउने हेतुले यस्तो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक टेकेन्द्र श्रेष्ठले जानकारी गराए । सुनौलो पुस्तकालय धरान १७ को आयोजना र सचेत नागरिक समूह धरान १७ को ब्यबस्थापनमा भएको उक्त संगीतमय साझका कलाकारहरुको प्रस्तुती धरान ब्यापार मेलामा समेत प्रस्तुती रहने संयोजक श्रेष्ठले जानकारी गराए ।
भिडियो
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्