ओम्रीबुङ/बिज्ञान राई/धरान : धरानको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तयारगरिएको ‘साँच्चै स्वर्ग धरान मेरो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

मास्के कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलन मार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिकभिडियोलाई धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र बिक्रम बेघाले पहिलो पटक युटुबमार्फत सार्वजनिक गरिएका थिए । गीतमा संगीत AI को स्वर रहेको छ भने गीतका रचनाकार रमेश चक्र खड्का हुन्।
आयोजकका अनुसार म्युजिक भिडियोमा धरानका विभिन्न पर्यटकीय, धार्मिक तथा सांस्कृतिकसम्पदालाई समेटेर धरानलाई देश–विदेशमा चिनाउने प्रयास गरिएको छ। कार्यक्रममासञ्चारकर्मी, कलाकार, स्रष्टा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
म्युजिक भिडियो सार्वजनिक गर्दै आयोजकले धरानप्रतिको प्रेम, पहिचान र पर्यटन प्रवर्द्धनमायसले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् र यदि कसैले मानव स्वरमा गाउन चाहने इच्छुकहरुले आयोजक कमिटी संग सम्पर्क गर्न सक्ने पनि जानकारी गराएको छ ।
भिडियो
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्