आइतवार, कार्तिक १६, २०८३ | Sun November 01, 2026


धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

Omribung Admin | ३ महिना अघि

 ओम्रीबुङ/बिज्ञान राई/धरान : धरानको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तयारगरिएको ‘साँच्चै स्वर्ग धरान मेरो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

मास्के कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलन मार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिकभिडियोलाई धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र बिक्रम बेघाले पहिलो पटक युटुबमार्फत सार्वजनिक गरिएका थिए । गीतमा संगीत AI को स्वर रहेको छ भने गीतका रचनाकार रमेश चक्र खड्का हुन्।

आयोजकका अनुसार म्युजिक भिडियोमा धरानका विभिन्न पर्यटकीय, धार्मिक तथा सांस्कृतिकसम्पदालाई समेटेर धरानलाई देश–विदेशमा चिनाउने प्रयास गरिएको छ। कार्यक्रममासञ्चारकर्मी, कलाकार, स्रष्टा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। 

म्युजिक भिडियो सार्वजनिक गर्दै आयोजकले धरानप्रतिको प्रेम, पहिचान र पर्यटन प्रवर्द्धनमायसले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् र यदि कसैले मानव स्वरमा गाउन चाहने इच्छुकहरुले आयोजक कमिटी संग सम्पर्क गर्न सक्ने पनि जानकारी गराएको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  इन्जिनियरिङ विद्यार्थीहरूले कोशी प्रदेशमा गर्दैछन् पर्यटनको नयाँ बाटो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित