धरान: धरान १० के रन १३ औं नेवा च्यारिटी २०८१ मा ओपन क्याटोगरीतर्फ पुरुष र महिला दुवैमा केन्याली धावकधाविका प्रथम भएका छन् ।
शनिबार बिहान सम्पन्न भएको दौड प्रतियोगितामा खुल्ला पुरुषतर्फ केन्याका विल्सन चेउलियट प्रथम भए भने महिलातर्फ शरन जरोटिच बिजेता बनिन् । पुरुषतर्फ विल्सनले निर्धारित १० किलोमिटरको दुरी ३० मिनेट ५५ सेकेण्डमा पुरा गर्दै विजेता भए । उनीभन्दा १३ सेकेण्डले पछि परेका केन्याकै जुलियस मरिउकी दोस्रो भए । उनले ३१ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पुरा गरेका थिए । जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।
महिलातर्फ केन्याली धाविका शरनले निर्धारित दुरी ३८ मिनेट ४२ सेकेण्डमा पुरा गर्दे प्रथम भइन् । नेपाल प्रहरीकी सुस्मिता कुमारी चौधरी ३९ मिनेट २८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् भने एपिएफकी दिपा परियार ३९ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । पुरुष र महिला दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः नगद ६० हजार, ४० र ३० हजार नगद पुरस्कार, मेडल र ट्रफी हात पारे ।
भेट्रानतर्फ पुरुषमा विजयकुमार राई, राकेश महर्जन र रामचन्द्र श्रेष्ठ क्रमशः प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ जमुना लिम्बु, सपना राई र सम्झना राई क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । भेट्रानतर्फको महिला र पुरुष प्रथम, दोस्रो, तेस्रो विजेताहरुले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार नगद, मेडल, ट्रफी पाए ।

Screenshot

Screenshot
यस्तै, मिड भेट्रानमा पुरुषतर्फ धर्म मर्हजन, सुवर्ण सुब्बा र नाम्पर लेप्जा क्रमशः प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ आनुदा तामाङ, होमदेवी पुन र शान्ता वानेम क्रमशः प्रथम, दोस्रो र तेस्रो भए ।
अण्डर १६ तर्फ पुरुषमा इश्वर राई, सुवास कुमार बिक र विकी यादव क्रमशः प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ जुहि राई, कुशल राई र पुजा महतारा क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । मिड भेट्रान र अण्डर १६ का विजेताहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाए ।
यसैगरि, सुपर भेट्रानतर्फ पुरुष विजेता कृष्ण तामाङ र महिलातर्फ जमुना त्रिखत्री मोक्तानले जनही नगद ५ हजार पुरस्कार पाए । प्राविधिक कारणले अण्डर १२ तर्फको नतिजा भने आयोजकले सार्वजनिक गरेको छैन । ह्विलचियर रेसका विजेता र स्थानीय धावकधाविकाहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा करिब ४ हजारको संख्यामा सहभागिता रहेको थियो ।
धरानमा ‘चौथो गोरखा ट्रेलब्लेजर–२०८२’ हुने
नो कोशी र सेभ मुक्कुमलुङमा प्रतिबद्दता नजनाउने उम्मेदवारलाई नो भोटको आह्वान
भोजपुरका एमाले उम्मेदवार शेरधन राइको प्रतिबद्धता पत्र सार्वजनिक
धरानमा उज्यालो नेपाल पार्टीको चुनावी सभा हुने
विभिन्न राजनैतिक दल छोडेर २५ युवा नेकपा प्रवेश

प्रतिक्रिया दिनुहोस्