लजेस राई : धरान उपमहानगरपालिका–२० अन्तर्गत श्रमसंस्कृति पार्क भित्र निर्माण भइरहेको गोर्खा चौतारी अन्तिम चरणमा पुगेको छ। मिनि चौतारीको निर्माण कार्य सम्पन्न भइसकेको छ भने चौतारीको मुख्य गेट निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढिरहेको छ।
श्रमसंस्कृति पार्कदेखि आरा धरानतर्फको बायाँ पट्टिको बाटो समेत अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ। चौतारीमा टाईल्स र मार्बल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ। निर्माण कार्यमा भूतपूर्व ब्रिटिश गोर्खा, सिंगापुर पुलिस, र भारतीय सेनामा कार्यरत लाहुरेहरू संलग्न छन्, जसले प्रत्येक बिहिबार श्रमदान समेत गर्दै आईरहेका छन ।
चौतारीमा कार्यरत मजदुरहरूले कार्यप्रति सन्तुष्टि व्यक्त गरेका छन्। साथै, चौतारीको सौन्दर्यकरण (ब्युटीफिकेसन) कार्य समेत भइरहेका छन्। ईन्जिनियर दिपेन्द्र कुमार राईका अनुसार, चौतारीको माथिल्लो भागमा भ्युटावर (viewpoint) निर्माणको तयारी पनि छिट्टै सुरु हुने बताइएको छ।
धरानको यो गोर्खा चौतारी स्थानीय लाहुरेहरूको योगदानमा बनेको एउटा सांस्कृतिक तथा सामाजिक धरोहरका रूपमा स्थापित हुँदैछ।
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित


प्रतिक्रिया दिनुहोस्