बुधबार, जेष्ठ २०, २०८३ | Wed June 03, 2026


श्री रत्न मेमोरियल बोर्डिङ्ग स्कुलको अभिभावकत्व कार्यक्रम सम्पन्न

श्री रत्न मेमोरियल बोर्डिङ्ग स्कुलको अभिभावकत्व कार्यक्रम सम्पन्न

Omribung Admin | १ वर्ष अघि

लजेस राई धरान : श्री रत्न मेमोरियल बोर्डिङ्ग स्कुल, साँगुरीगढी–९ आहाले, धनकुटाले २०८२ सालको जेष्ठ २ गते अभिभावत्व (Parenting) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कुल ६५ जना अभिभावकहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रम विद्यालयको अभिभावक–विद्यार्थी–शिक्षक समन्वय सुदृढ गर्न र अभिभावकहरूलाई सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको हो।

पृष्ठभूमि:हालको सामाजिक परिवेशमा बालबालिकाको समग्र विकास अभिभावकको भूमिका बिना सम्भव छैन भन्ने मान्यतालाई आधार मानेर विद्यालयले अभिभावकहरूलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरेको हो। यस किसिमका कार्यक्रमले अभिभावकहरूलाई घर–विद्यालय बीचको सेतुको रूपमा क्रियाशील बनाउने विश्वास लिइएको छ।

उद्देश्यहरु:बालबालिकाको शैक्षिक, मानसिक तथा सामाजिक विकासमा अभिभावकको भूमिकाबारे स्पष्ट जानकारी दिनु।

शिक्षण सिकाइको वातावरणमा सुधार ल्याउने तथा बालबालिकाको आनीबानी सुधार गर्न अभिभावकलाई उत्प्रेरित गर्नु।

विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीच त्रिकोणात्मक सम्बन्ध बलियो बनाउने।

प्रविधिको प्रयोग, विशेषतः मोबाइल फोनको सकारात्मक तथा नकारात्मक पक्षहरू छुट्याएर कसरी सदुपयोग गर्ने भन्ने विषयमा विद्यालयका प्रिन्सिपल कञ्चन वाला राईबाट मार्गदर्शन प्रदान गर्नु।

निष्कर्ष

कार्यक्रमले अभिभावकहरूमा सकारात्मक प्रभाव पार्नुका साथै उनीहरूलाई बालबालिकाको समुचित पालनपोषण र शिक्षामा थप जिम्मेवार बनाएको पाइयो। सहभागी अभिभावकहरूले यस्ताल कार्यक्रम निरन्तर रूपमा आयोजना गरिनुपर्ने सुझाव दिएका छन्। विद्यालयका निर्देशक श्री भूपाल राईले कार्यक्रमबारे जानकारी दिँदै अभिभावक–विद्यालय सहकार्यले मात्र गुणवत्तापूर्ण शिक्षा सुनिश्चित हुन सक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  बिपी कोईराला स्वा.बि.प्रतिष्ठानबाट बिमा प्रथम स्वास्थ्य सेवा केन्द्र हटाएछि धरानका राजनीतिक दलहरुले बुझाए ज्ञापन पत्र


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित