आइतवार, बैशाख ६, २०८३ | Sun April 19, 2026


धरान कार्यपालिका बैठक एजेण्डा नराखिनै स्थगित

धरान कार्यपालिका बैठक एजेण्डा नराखिनै स्थगित

Omribung Admin | १ वर्ष अघि

धरान : धरान उपमहानगरको मिति २०८१ माघ २४ गते दिनको २ बजे बसेको नियमित बैठक बिषय बस्तुमा प्रबेशनै नगरी विना निस्कर्ष स्थगन भएको छ । कार्यपलिका सदस्यहरुले यो भन्दा पहिला भएको बैठकको समिक्षा गर्ने क्रममा हस्ताक्षर नगरिएको भन्दै कसरी पास भयो भनेर मेयर साम्पाङलाई प्रश्न गरेका थिए । प्रमुख म भएपछि मैले हस्ताक्षर गरे सकियो भनेर मेयर साम्पाङले प्रत्युत्तर दिएका थिए ।

यसै क्रममा प्रदेश नं १ का प्रदेश सभा सदस्य माननीय रमेश बस्नेतलाई सामाजिक सन्जाल मार्फत गाली गलौज गर्ने उपमहनगरका कर्मचारी प्रति के कस्तो कारबाही भयो भनेर एक कापा सदस्यले गरेको प्रशनको प्रत्युत्तरमा मेयर साम्पाङले माननीय बस्नेत आफैले सम्बन्धित निकाय साईबर ब्युरोमा जादा राम्रो भनेर सुझाएको थिए ।

यसैगरी बैठकको एजेण्डा प्रस्तुत गर्ने क्रममा वडा नं १० वडाध्यक्ष बिबेक राईले आफ्नो वडाको बजेट के कति कारणले रोक्का भएको हो उक्त बजेट फुकुवा भएपछि मात्र बैठक सुचारु हुने नत्र स्थगन तर्फ जाने भनेर मेयर साम्पाङलाई प्रश्न गरेपछि बैठकमा खैला बैला मच्चिएको थियो । उक्त हल्ला र खैला बैलाकै बीच मेयर साम्पाङले भने मैले वडा नं १० को बार्षिक प्रतिबेदन मागेको थिएं त्यो आएन त्यसैले बजेट रोक्का गरेको हो भन्ने दाबी गरे । मेयर साम्पाङले अन्य कापा यदस्यहरुलाई पनि सोधे के तपाईहरु बाहिरै छलफल र सल्लाह गरेर यसो गरौ भनेर आउनुभएको हो ? भनेर सोधेपछि ल त्यसै हो भने आजको बैठक यही समापन भएको जानकारी गराउछु भन्दै बैठक स्थगन भएको थियो ।

भिडियो लिंक :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  धरान उपमहानगरको १६ औं नगर सभा सम्पन्न भैरहदा उपमहानहरको प्रमुख प्रबेश द्वारले गर्दै गरेको स्वागत


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित