आइतवार, साउन १०, २०८३ | Sun July 26, 2026


मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

Omribung Admin | २ हप्ता अघि

ओम्रीबुङ:बिज्ञान राई/धरान, असार २८ गते। मारवाडी समुदायबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने धरानकी चेली प्रीती अग्रवाल रतेरियालाई धरान उपमहानगरपालिकाले सम्मान गरेको छ।

आइतबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक नगरप्रमुख आइन्द्र विक्रम बेघाले रतेरियालाई सम्मान गर्दै उहाँको सफलता धरान, मारवाडी समुदाय र समग्र नेपाली महिलाका लागि प्रेरणादायी भएको बताउनुभयो।

साहस, दृढ इच्छाशक्ति र निरन्तर प्रयासले कठिन लक्ष्य पनि हासिल गर्न सकिने उल्लेख गर्दै उहाँले रतेरियाको उपलब्धिले युवा पुस्तालाई पर्वतारोहण र साहसिक पर्यटनप्रति आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो।

रतेरियाले २०२६ मे २१ जेठ ७ गते बिहान ५ः५७ बजे सगरमाथाको शिखरमा पाइला टेक्दै मारवाडी समुदायबाट यो उपलब्धि हासिल गर्ने पहिलो महिला बन्नुभएको हो । उहाले द समिट फोर्स प्रालिको व्यवस्थापनमा क्लाइम्बिङ गाइड पासाङ शेर्पा र निमा थिन्थक शेर्पाको साथमा सफल आरोहण गर्नुभएको हो ।
सम्मानपछि बोल्दै रतेरियाले सगरमाथा आरोहण जीवनकै सबैभन्दा कठिन र अविस्मरणीय अनुभव भएको बताउनुभयो। तीन दिनसम्म पर्याप्त खाना नखाई र राम्रोसँग नसुती निरन्तर हिँड्नुपर्‍यो। त्यो यात्रामा दुःख सहेर अघि बढ्ने कि हार मान्ने भन्ने अवस्था आउँछ। मैले अघि बढ्ने निर्णय गरेँ र सफल भएँ उहाँले भन्नुभयो। बेस क्याम्पबाट शिखरसम्म पुग्न १२ घण्टा र फर्किन करिब २४ घण्टा लागेको उहाले बताउनुभयो।
यसअघि उहाले मनास्लु, लोबुचे, मेरा पिक र अफ्रिकाको माउन्ट किलिमन्जारोसहित पाँच हिमाल आरोहण गरिसकेकी बताउनुभयो । हिमाल आरोहणले जीवनप्रतिको दृष्टिकोण बदलिएको बताउँदै प्रकृति, धैर्यता र आत्मविश्वासको महत्त्व बुझाएको अनुभव सुनाउनुभयो।

सगरमाथाको शिखरमा मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको झण्डा फहराएकी रतेरियाले प्राणिक हिलर, अर्हत योगीका रूपमा पनि पहिलो पटक सगरमाथाको शिखरमा पुगेको बताउनुभयो ।

यो पनि पढ्नुहोस  काली खोला खानेपनी मुहानमा लुगा धुने र पौडी खेल्नेहरुले गर्दा फोहर पानी खान बाध्य

आफ्नो सफलतामा परिवार, गाइड टोली, सहयोगी संस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै महिलाले अवसर र आत्मविश्वास पाए जुनसुकै क्षेत्रमा पनि उत्कृष्ट सफलता हासिल गर्न सक्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित