शुक्रबार, कार्तिक ७, २०८३ | Fri October 23, 2026


बीस बर्ष पछि धरानमा स्मार्ट बस पार्क सन्चालन

बीस बर्ष पछि धरानमा स्मार्ट बस पार्क सन्चालन

Omribung Admin | ४ महिना अघि

धरान/बिज्ञान राई- धरान उपमहानगरपालिका वडा नं ८  स्थित तीनकुने नजिक रहेको सुन्दर बस्ती विकास आयोजना अन्तर्गत निर्माण गरिएकोस्मार्ट बसपार्कको शनिबार कार्यवाहक नगरप्रमुख आईन्द्र विक्रम बेघाले उद्घाटन गरका हुन् ।

धरानको नयाँ बसपार्कमा तीनतले टर्मिनल, अन्डरग्राउण्ड पार्किङ, प्रतीक्षालय, व्यावसायिक सटर र ३८ बस पार्किङको क्षमता रहेको छ ।

करिब २७ कठ्ठा जग्गामा बनेको बसपार्कमा बेसमेन्ट सहित तीनतले टर्मिनल भवन निर्माण गरिएको छ । उक्त बसपार्कमा एकै पटक ३८ बस र १८ वटा जिप तथा ल्याण्डरोभर, ट्याक्सीपार्क गर्न क्षमता रहेको छ । अण्डरग्राउण्ड पार्किङको समेत सुबिधा रहेको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण दक्षिण–पश्चिमतर्फको केही भाग भने निर्माण हुन बााकीरहेको धरान उपमहानगरको बरिष्ठ ईन्जिनियर सुरज श्रेष्ठले बताए ।

बसपार्कको बेसमेन्टमा करिब १ हजार ८४० वर्गमिटर क्षेत्रफलमा पार्किङ व्यवस्था, दुईवटासवारी प्रवेश र्‍याम्प, दुईवटा भर्‍याङ तथा भविष्यमा लिफ्ट जडान गर्न सकिने संरचना निर्माणगरिएको छ । भूइँतलामा १ सय ५ सिट क्षमताको यात्रु प्रतीक्षालय, २५ वटा टिकट काउन्टर, एटीएम, सीसीटीभी तथा सुरक्षा कक्ष, महिला, पुरुष र अपाङ्गमैत्री सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा अन्य भाडामा सञ्चालन गर्न सकिने व्यावसायिकस्थानहरु रहेका छन् ।

बाकि तस्बिरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाः जर्तीनलाग्ने, ज्यालामा पनि भारी छुट


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित