धरान/बिज्ञान राई- धरान उपमहानगरपालिका वडा नं ८ स्थित तीनकुने नजिक रहेको सुन्दर बस्ती विकास आयोजना अन्तर्गत निर्माण गरिएकोस्मार्ट बसपार्कको शनिबार कार्यवाहक नगरप्रमुख आईन्द्र विक्रम बेघाले उद्घाटन गरका हुन् ।
धरानको नयाँ बसपार्कमा तीनतले टर्मिनल, अन्डरग्राउण्ड पार्किङ, प्रतीक्षालय, व्यावसायिक सटर र ३८ बस पार्किङको क्षमता रहेको छ ।
करिब २७ कठ्ठा जग्गामा बनेको बसपार्कमा बेसमेन्ट सहित तीनतले टर्मिनल भवन निर्माण गरिएको छ । उक्त बसपार्कमा एकै पटक ३८ बस र १८ वटा जिप तथा ल्याण्डरोभर, ट्याक्सीपार्क गर्न क्षमता रहेको छ । अण्डरग्राउण्ड पार्किङको समेत सुबिधा रहेको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण दक्षिण–पश्चिमतर्फको केही भाग भने निर्माण हुन बााकीरहेको धरान उपमहानगरको बरिष्ठ ईन्जिनियर सुरज श्रेष्ठले बताए ।
बसपार्कको बेसमेन्टमा करिब १ हजार ८४० वर्गमिटर क्षेत्रफलमा पार्किङ व्यवस्था, दुईवटासवारी प्रवेश र्याम्प, दुईवटा भर्याङ तथा भविष्यमा लिफ्ट जडान गर्न सकिने संरचना निर्माणगरिएको छ । भूइँतलामा १ सय ५ सिट क्षमताको यात्रु प्रतीक्षालय, २५ वटा टिकट काउन्टर, एटीएम, सीसीटीभी तथा सुरक्षा कक्ष, महिला, पुरुष र अपाङ्गमैत्री सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा अन्य भाडामा सञ्चालन गर्न सकिने व्यावसायिकस्थानहरु रहेका छन् ।
बाकि तस्बिरहरु :
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै
बराह सहकारीका पीडितले गरे पत्रकार सम्मेलन, सञ्चालकमाथि कारबाही र सम्पत्ति छानबिनको माग
डिल्ली पब्लिक स्कूल सम्बन्धी गुनासोमा छानबिनको माग गर्दै BPKIHS मा निवेदन, ७२ घण्टाभित्र प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस्