
काठमाडौं, १८ पुष ।
बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढेपछि सरकारले माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरेको हो । संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्न चौतर्फी दबाब बढिरहेका बेला फेस मास्क अनिवार्य गरिएको हो । यसैबीच, कर्मचारीका ६ ओटा युनियनले भाइरस नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन् । फेस मास्ककै भरमा संक्रमण नरोकिने भन्दै थप उपाय अप्नाउन उनीहरुले सरकारलाई चेतावनी समेत दिएका छन् । क्रिसमस र नयाँ वर्षको बिदापछि आगामी सातादेखि बेलायतमा विद्यालय पुनः खोल्दैछन् । यरोपेली देशमा विद्यार्थीलाई फेस मास्क अनिवार्य गर्ने बेलायत अन्तिम देश हो । नयाँ निर्देशिकाअनुसार शिक्षकहरुले फेस मास्क लगाउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

विश्वभर एक दिनमा १५ लाख कोरोना संक्रमित थपिए, ५ लाख निको

२०२२ मा कोरोना महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी छौँ : डब्लुएचओ

माता वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

‘हलिउडकी गोल्डन गर्ल’ बेट्टीको निधन

ओमिक्रोनको प्रकोप पनि बढ्दै, बेलायतमा एकैदिन थपिए ७८ हजार बढी संक्रमित

प्रतिक्रिया दिनुहोस्