धरान अपडेट :धरानमा केही समय एता धरान ११ स्थित मंगलबारेमा गोरुको मासु खाएको भिडियो सार्वजनिक भएपश्चात केही हिन्द धर्मालम्वहिरुले विभिनन माध्यमबाट केही विरोध गर्दै आएका थिए । उक्त कार्यको बिरोध स्वरुप भदौ ९ गते हिन्दु धर्मालम्वीहरुले धरानमा एक कार्यक्रम गर्ने भनि बिभिन्न सामाजिक सञ्जालमा हल्ला फैलिए पछि सद्भाव –यालीको आयोजना गरिएको –याली समितिका सदस्य एवं पूर्व मेयर कुमार ब.कार्कीले जानकारी गराए ।


अर्का सदस्य एवं नेपाली कांग्रेश धरान नगरका सभापति श्याम पोख्रेलका अनुसार हिन्दु धर्मालम्वीहरुले भदौ ९ गते कार्यक्रम गर्ने औपचारिक रुपमा जानकारीमा आएको र सो को बिषयमा सर्वदलीय बैठक समेत वसेर छलफल गरी सद्भाव –याली निकालिएको जानकारी गराए । उक्त हिन्दुवादीहरुले गर्ने कार्यक्रमको नेतृत्व धरानका हिन्दुवादीहरुले नगरेको बिश्व हिन्दु महासंघका सुनसरी जिल्ला अध्यक्ष आनन्द आचार्यले बताए । यसै गरी जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे बाट मिति २०८०।०५।०८ गते राती १२ बजे देखि २०८०।०५।०९ गते राती १२ बजे सम्म सामूहिक रुपमा भेला भएर धार्मिक लगाएतका कृयाकलाप गर्नमा रोक लगाएको छ ।
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्