बिज्ञान राई/धरान धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा स्कुल बस दुर्घटना हुँदा ५ जनाकोघटनास्थलमै मृत्यु भएको छ।
आइतबार भेडेटारतर्फबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरोप्वाइन्ट नजिक दुर्घटनामा परेको हो। दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधि पसल ‘न्युशबा मेडिकल’मा ठक्कर दिँदा पसलसमेत क्षतिग्रस्त भएको छ।
दुर्घटनामा परी मृत्यु भएका ५ जना बसमा सवार थिए वा बाहिरका व्यक्ति थिए भन्ने विषयमाहालसम्म यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबु राईलेजानकारी दिए।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीलेजनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी राईले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

प्रतिक्रिया दिनुहोस्