आइतवार, कार्तिक १६, २०८३ | Sun November 01, 2026


धरान १३ जीरो पोईन्ट दुर्घटना ५ जनाको घटना स्थलमै मृत्यु पहिचान खुल्यो

धरान १३ जीरो पोईन्ट दुर्घटना ५ जनाको घटना स्थलमै मृत्यु पहिचान खुल्यो

Omribung Admin | १० महिना अघि

बिज्ञान राई/धरान धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा स्कुल बस दुर्घटना हुँदा ५ जनाकोघटनास्थलमै मृत्यु भएको छ।

आइतबार भेडेटारतर्फबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरोप्वाइन्ट नजिक दुर्घटनामा परेको हो। दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधि पसल ‘न्युशबा मेडिकल’मा ठक्कर दिँदा पसलसमेत क्षतिग्रस्त भएको छ।

 दुर्घटनामा परी मृत्यु भएका ५ जना बसमा सवार थिए वा बाहिरका व्यक्ति थिए भन्ने विषयमाहालसम्म यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबु राईलेजानकारी दिए।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीलेजनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी राईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  नगर प्रमुख हर्कराज राईले एडिबीको फाईल पुन:खोल्दै,१५ करोड सल्लाहमै झ्वाम, भन्छन जनअदालतमा पेश गर्ने


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित