- ओम्रिबुंङ धरान धरान: सर्दु जलाधार क्षेत्रमा नपर्ने बाँझगरा ९ क, घोपा ७ घ र ङ का जग्गाहरु सिमांकनको माग गर्दै संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई स्थानीयले ज्ञापन पत्र बुझाएका छन् । बाँझगरा ९ क, घोपा ७ घ र ङ जग्गा रोक्का फुकुवा तथा सिमांकन पहल समितिले आज (सोमबार) मन्त्री राईलाई भेटेर ज्ञापन पत्र बुझाएका हो । समितिका अध्यक्ष हरिबहादुर कार्कीले आफुहरुको जग्गा जलाधार क्षेत्रमा नपर्ने र सट्टाभर्ना पनि नपाएको प्रमाणहरुसहित मन्त्री राईलाई सिमांकन पहलको लागि मागसहित ज्ञापन पत्र बुझाएको बताए । सर्दु जलाधार क्षेत्रमा नपर्ने यी जग्गाहरु पनि रोक्का हुँदा ३ हजार भन्दा बढी स्थानीयबासी पीडित छन् ।
- ज्ञापन पत्र बुझाउन स्थानीय पीडित व्यक्तिहरुसँगै प्रदेश सांसद रमेश बस्नेत, वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, वडा नं ४ का अध्यक्ष धनबहादुर राई पनि थिए । बाँझगरा ९ क मा हाल वडा नं १४ का जग्गाहरु पर्छ भने घोपा ७ घ र ङ मा वडा नं २०, वडा ४ का जग्गाहरु पर्छ । यी जग्गाहरु जलाधार क्षेत्रमा नपर्ने र सट्टाभर्ना दिएर उठान गरिएको क्षेत्र पनि होइनन् । तर, जनसरोकार मञ्च नेपालले बाँझगरा ९ पुरै, घोपा ७ घ र ङ पुरै भनेर मुद्दा दायर गरेकाले पनि हाल यी जग्गाहरु रोक्का छन् । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको कारण यी जग्गाहरु रोक्का गरिएको छ ।
- प्रदेश सांसद बस्नेतले पनि सट्टाभर्ना दिएर उठान गरिएको जलधार क्षेत्र र हालसम्म बस्ती नै रहेको बाँझगरा ९ क, घोपा ७ घ र ङ फरक भएकोले सिमांकन गर्न जरुरी रहेको बताए । उनले पनि बाँझगरा ९ क, घोपा ७ घ र ङ सट्टा भर्ना दिएर उठान नगरिएकोले नै अहिलेसम्म बसोबास भएकोले जग्गा रोक्का हुनु नपर्ने पनि बताए ।
- भिडियो:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
प्रतिक्रिया दिनुहोस्