कमान सिंह याम्फु राई
धरान, असोज १९ गते । धरान उपमहानगरपलिका–८ स्थित लाङ्घाली चौकमा मालवाहक ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
शुक्रबार बिहान धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रक र इटहरीबाट धरान आउँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको हो ।
ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार इटहरी–९ घर भएका ४५ वर्षीय आशबहादुर राई र साँगुरीगढी–९ घर भएका घाइते ५० वर्षीय टेकबहादुर राई गम्भीर घाइते भएको थिए । घाइते दुवै जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको थियो । उपचारका क्रममा आशबहादुर राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अर्का घाइते टेक बहादुरको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक धनकुटा चौबिसे गाउँपालिका–६ का ३० वर्षीय चन्द्रप्रसाद राईसहित ट्रक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
धरान जेन्जी आन्दोलन बेला आगजनी,तोडफोड र लुटपाटमा संलग्न बिरुद्द प्रहरीमा दिए सबैले किटानी जाहेरी
मेयर हर्कराज राई (साम्पाङ)को फेसबुक स्ट्याटस प्रति बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३ महिनाका लागि बीमा कार्यक्रम यथावत
सुनसरी उध्योग बाणिज्य संघको चुनाव धमाधम हुदै
बिपी कोईराला स्वा.बि.प्रतिष्ठानबाट बिमा प्रथम स्वास्थ्य सेवा केन्द्र हटाएछि धरानका राजनीतिक दलहरुले बुझाए ज्ञापन पत्र

प्रतिक्रिया दिनुहोस्