कमान सिंह याम्फु राई
धरान, असोज १९ गते । धरान उपमहानगरपलिका–८ स्थित लाङ्घाली चौकमा मालवाहक ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
शुक्रबार बिहान धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रक र इटहरीबाट धरान आउँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको हो ।
ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार इटहरी–९ घर भएका ४५ वर्षीय आशबहादुर राई र साँगुरीगढी–९ घर भएका घाइते ५० वर्षीय टेकबहादुर राई गम्भीर घाइते भएको थिए । घाइते दुवै जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको थियो । उपचारका क्रममा आशबहादुर राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अर्का घाइते टेक बहादुरको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक धनकुटा चौबिसे गाउँपालिका–६ का ३० वर्षीय चन्द्रप्रसाद राईसहित ट्रक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित
बीस बर्ष पछि धरानमा स्मार्ट बस पार्क सन्चालन
धरान संगीत प्रतिष्ठानद्वारा विश्व संगीत दिवसको अवसरमा श्रष्टाहरुलाई सम्मान गरिने
तलब पुनरावलोकन माग्दै बिपी कोईराला स्वा.बि.प्रतिष्ठानका मेडिकल अफिसर आन्दोलनतर्फ

प्रतिक्रिया दिनुहोस्