धरान १२ पब्लिक हाईस्कुलको खेल मैदानमा धरान म्युजिक फेस्ट २०८० (Dharan Music Fest 2080) हुने भएको छ । स्थानीय र राष्ट्रिय कलाकारहरुको साथमा यहि मंसिर १५ र १६ गते सञ्चालन हुने उक्त कार्यक्रममा चर्चित गायिका मिलन नेवार, एलिना चौहान, पूर्ण राई, सब मर्ज, पहेंलो बत्ती मुनि, लासोज र दिब्यसन घिमिरेको प्रस्तुति रहने भएको छ ।
साँझ ६ बजेदेखि सञ्चालन सुरु हुने कार्यक्रमको पहिलो दिन पहेंलो बत्ती मुनि ब्याण्ड र चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहनेछ साथै ओपनिङ ब्याण्डको रुपमा सब मर्जको प्रस्तुति रहनेछ । दोस्रो दिन चर्चित गायिका मिलन नेवार र पूर्ण राईको प्रस्तुति रहनेछ साथमा ओपनिङ ब्याण्डको रुपमा लासोज र दिब्यसन घिमिरेको प्रस्तुति रहनेछ ।
कार्यक्रममा धरानका केहि संगीतकर्मीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले बताएका छन् । कार्यक्रम सिल्भर इन्टरटेन्मेन्टले गर्न लागेको हो भने टिकट रु. २०० र ३०० रहेको छ ।
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

प्रतिक्रिया दिनुहोस्