धरान १२ पब्लिक हाईस्कुलको खेल मैदानमा धरान म्युजिक फेस्ट २०८० (Dharan Music Fest 2080) हुने भएको छ । स्थानीय र राष्ट्रिय कलाकारहरुको साथमा यहि मंसिर १५ र १६ गते सञ्चालन हुने उक्त कार्यक्रममा चर्चित गायिका मिलन नेवार, एलिना चौहान, पूर्ण राई, सब मर्ज, पहेंलो बत्ती मुनि, लासोज र दिब्यसन घिमिरेको प्रस्तुति रहने भएको छ ।
साँझ ६ बजेदेखि सञ्चालन सुरु हुने कार्यक्रमको पहिलो दिन पहेंलो बत्ती मुनि ब्याण्ड र चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहनेछ साथै ओपनिङ ब्याण्डको रुपमा सब मर्जको प्रस्तुति रहनेछ । दोस्रो दिन चर्चित गायिका मिलन नेवार र पूर्ण राईको प्रस्तुति रहनेछ साथमा ओपनिङ ब्याण्डको रुपमा लासोज र दिब्यसन घिमिरेको प्रस्तुति रहनेछ ।
कार्यक्रममा धरानका केहि संगीतकर्मीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले बताएका छन् । कार्यक्रम सिल्भर इन्टरटेन्मेन्टले गर्न लागेको हो भने टिकट रु. २०० र ३०० रहेको छ ।
किरात राई यायोक्खाको नयाँ नेतृत्वमा युवराज राई, सर्वसम्मत रूपमा चयन
प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, नारायणकाजी श्रेष्ठले भने– कम्युनिस्ट आन्दोलनका वैचारिक योद्धा
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्