चैत २ धरान : बिपिवकोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिगत लामो समयदेखि फर्मासिष्टको रुपमा काम गर्दै आएका १८ जना कर्मचारीहरुले आज एक पत्रकार सम्मेलन गरी आन्दोलनमा उत्रेको जानकारी गराएका छन् ।

शुरुको अबस्था देखिनै नियुक्ति पत्र समेत नपाएको कर्मचारीहरुको गुनासो रहेको छ भने समान रुपमा मासिक तलब भत्ता नभएको जानकारी गराएका छन् । बिरामीलाई चाहिने आबश्यक औषधीहरु समेत पर्याप्त मात्रामा बेच्न नसकिएको र औषधी किन्ने ग्राहकहरु संग प्राय लफडा पर्िरहने समेत जानकारी गराए । बिगत छ बर्ष अघि देखि सुरक्षाका निमित्त ठेक्का पाएको ठेकेदार कम्पनिलेनै औषधी पनि बिक्री बितरण गर्दै आएको र उक्त सेक्युरिटी कम्पनि मार्फतनै ती फर्मासिष्टहरु पनि नियुक्ति भएकोले यस्तो लापार्बाही हुदै आएको आन्दोलनकारीहरुको गुनासो रहेको छ ।

यस सम्बन्धमा बिभिन्न निकायमा बोदार्थ समेत बुझाई सकिएको साथै स्वास्थ्य मन्त्राल,बिपि स्वा.बि.प्रतिष्ठान र सेक्युरिटी कम्पनिलाई समेत आबश्यक पहल गरी समस्याको समाधानका निमित्त पहलका लागि ज्ञापन पत्र बुझाई सकेको जानकारी गराए ।
video
किरात राई यायोक्खाको नयाँ नेतृत्वमा युवराज राई, सर्वसम्मत रूपमा चयन
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम

प्रतिक्रिया दिनुहोस्