चैत्र ९ धरान: चैतर् ७ गते धरान उपमहानगरपालिका वडा नं १८ बिपि कोईराला स्वास्थ्य बिज्ञान प्तिष्ठान र डिपोट स्कूल बीच रहेको एकान्त खोल्सामा करिब १८/२० बर्षको मृत अबस्थामा फेला परेकी किशोरीको सनाखत भएको छ । प्रहरीका अनुसार मृतक जिल्ला सुनसरी धरान उपमहनगरपालिका वडा नं १६ बस्ने महेन्द्र श्रेष्ठको छोरी बर्ष २१ की सुमना श्रेष्ठ भएको प्खुरहरी प्रहरी स्रोतले खुलाएको छ । उक्त अपराधमा संलग्न हत्यारालाई पक्राउ गरी २०८० चैत्र ९ गते ईलाका प्रहरी कार्यालयमा एक पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरिएको छ । सुमना श्रेष्ठरो हत्या धरान वडा नं १६ बस्ने बर्ष १९ को सबिन भनिने बाबुराम भुजेलले हत्या गरेको कुरा पत्रकार सम्मेलन मार्फत प्रहरीले जनाएको हो ।
दुबैजनाको प्रेम समबन्धमा रही आएको र फेयबुक अकाउन्ट समेत एउटै चलाउदै आएका उनिहरुको बिचमा प्रेम सम्बन्धलाई लिएर बिबाद भएपछि उक्त घटना घट्न गएको प्रहरी स्रोतले लिएको बयानमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
प्रतिक्रिया दिनुहोस्