गायक तथा सर्जक नवराम राईको उपचारकालागि व्यवसायी भूवन याक्खाले ३० हजार सहयोग गरेका छन् । दुवै मृगौलाले रोगले पीडित राईको उपचारमा आर्थिक अभाव भएपछि व्यवसायी याक्खाले सहयोग गरेको हो । व्यवसायी याक्खाले केही समय अघि निर्माण गरेको छोटो चलचित्र “निको नहुने रोग“ प्रदर्शन उठेको रकम राईको उपचारकालागि दिने कुरा पत्रकारहरुसङ्गको भेटमा बताएका थिए ।

सहयोग हस्तान्तरण गर्दै व्यवसायी भूवन याक्खाले गायक तथा सर्जक नवराम राईलाई सहयोग गर्न पाएकोमा खुशी भएको बताए । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, धरान वडा– १८ का अध्यक्ष प्रविण राई, अखिल नेपाल स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई, उसु खेलका प्रशिक्षक राजेन्द्र राईको उपस्थिति रहेको थियो ।
धरान –११ रिटिङमा बसोबास गर्दै आएका राई हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन् भने हप्ताको दुई पटक डाइलाइसिस गर्दै आइरहेका छन् । राईको मृगौलामा पथरिया (स्टोन) समेत देखा परेको छ । गायक तथा सर्जक राईले बोलुँ भने दन्तैमा मोहनी….कालो कालो रातको तिखो पीडाले…..गुराँसको फेदमुनि सम्झनाको छायाँ….जस्ता गीतहरुमा गायन र सङ्गीत दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै
बराह सहकारीका पीडितले गरे पत्रकार सम्मेलन, सञ्चालकमाथि कारबाही र सम्पत्ति छानबिनको माग
डिल्ली पब्लिक स्कूल सम्बन्धी गुनासोमा छानबिनको माग गर्दै BPKIHS मा निवेदन, ७२ घण्टाभित्र प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस्