धरान : ताप्लेजुङको पाथिभरा क्षेत्रमा सरकारले केबलकार निर्माणको प्रक्रिया अगाडि बढाएपछि सोमबार बन्द गर्ने क्रममा धरानमा ६ जनालाई पक्राउ गरेर म्याद थप गरेपछि पहिचान पक्षधरहरू सामूहिक गिरफ्तारी दिन इलाका प्रहरी कार्यालय धरानमा भेला भएका छन् ।
सोमबार पक्राउ परेका जसपाका नेता सुमन चेम्जोङसहित ६ जना युवाहरूलाई जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरेसँगै आन्दोलनरत समूहले सामूहिक गिरफ्तारी दिन आएको जनता समाजवादी पार्टीका नेता ताजुव लिम्बूले जानकारी दिए ।
नेता, कार्यकर्ताहरूलाई प्रहरीले म्याद थप गरेपछि पहिचानवादी नेताहरू तथा मुक्कुमलुङवादी पक्षधरहरू एक सय ४६ जनाले सामूहिक गिरफ्तारी दिने तयारी भएको उनले बताए ।
नियन्त्रणमा लिएका आन्दोलनकारीहरूलाई बिना सर्त रिहा नगरे सामूहिक गिरफ्तारी दिने उनको भनाइ छ ।
अहिले इलाका प्रहरी कार्यालय धरानमा उक्त समूहले डीएसपी प्रकाश जबेगुसहित प्रहरी अधिकृतहरूसँग छलफल गरिरहेको पहिचानवादी अमर इजमले बताए ।
सामूहिक गिरफ्तारीलाई प्रहरीले नलिए रातभर इलाकाभित्रै सम्पूर्ण आन्दोलनकारी धर्नामा बस्ने उनले बताए ।
खासगरी केबलकार बनाउन नहुने मागसहित आन्दोलनरत ‘नो केबलकार समूह’ले आइतबारदेखि कोशी प्रदेशका नौ वटा जिल्लामा यातायात बन्द गरेको थियो । सो क्रममा सोमबार ६ जनालाई नियन्त्रणमा लिइएको हो ।
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित


प्रतिक्रिया दिनुहोस्