
धरान : ताप्लेजुङको पाथिभरा क्षेत्रमा सरकारले केबलकार निर्माणको प्रक्रिया अगाडि बढाएपछि सोमबार बन्द गर्ने क्रममा धरानमा ६ जनालाई पक्राउ गरेर म्याद थप गरेपछि पहिचान पक्षधरहरू सामूहिक गिरफ्तारी दिन इलाका प्रहरी कार्यालय धरानमा भेला भएका छन् ।
सोमबार पक्राउ परेका जसपाका नेता सुमन चेम्जोङसहित ६ जना युवाहरूलाई जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरेसँगै आन्दोलनरत समूहले सामूहिक गिरफ्तारी दिन आएको जनता समाजवादी पार्टीका नेता ताजुव लिम्बूले जानकारी दिए ।
नेता, कार्यकर्ताहरूलाई प्रहरीले म्याद थप गरेपछि पहिचानवादी नेताहरू तथा मुक्कुमलुङवादी पक्षधरहरू एक सय ४६ जनाले सामूहिक गिरफ्तारी दिने तयारी भएको उनले बताए ।
नियन्त्रणमा लिएका आन्दोलनकारीहरूलाई बिना सर्त रिहा नगरे सामूहिक गिरफ्तारी दिने उनको भनाइ छ ।
अहिले इलाका प्रहरी कार्यालय धरानमा उक्त समूहले डीएसपी प्रकाश जबेगुसहित प्रहरी अधिकृतहरूसँग छलफल गरिरहेको पहिचानवादी अमर इजमले बताए ।
सामूहिक गिरफ्तारीलाई प्रहरीले नलिए रातभर इलाकाभित्रै सम्पूर्ण आन्दोलनकारी धर्नामा बस्ने उनले बताए ।
खासगरी केबलकार बनाउन नहुने मागसहित आन्दोलनरत ‘नो केबलकार समूह’ले आइतबारदेखि कोशी प्रदेशका नौ वटा जिल्लामा यातायात बन्द गरेको थियो । सो क्रममा सोमबार ६ जनालाई नियन्त्रणमा लिइएको हो ।

धरान कार्यपालिका बैठक एजेण्डा नराखिनै स्थगित

चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह

मु्कुमलुङ केवलकार विवाद पूर्वको ९ जिल्ला बन्द आव्हान्, सुनसी धरानमा ५ जना पक्राउ

थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभा सम्पन्न

सुम्निमा पारुहाङ साझ-२ सम्बन्धि मेयर साम्पाङको पत्रकार सम्मेलन

प्रतिक्रिया दिनुहोस्