धरान : धरान ४ स्थित खैरेनीटारमा धरानकै आकर्षक र बिना सरकारको लगानीमा ढुङ्गे कला पार्कको शुरुवात गरिएको छ । गत मिति २०८१ पुष १२ गते धरान उपमहानगरका प्रमुख हर्कराज राईले उद्घाटन गरेका थिए । ख्याती प्राप्त पूर्वान्चलका १० जना मूर्तिकार हरुको सहभागिता रहेको थियो !
श्रमदान बाट बिभिन्न राष्ट्र प्रेमी र राष्ट्रिय आईडलहरुको मूर्ति निर्माण भैरहेको वडा नं ४ का अध्यक्ष तथा ढुंगे कला पार्कका मुल संयोजक धन बहादुर राईले जानकारी दिए । खासगरी जीवितै रहेका कुलमान घिसिङ,सन्दुक रुईत र महबीर पुनहरु जस्ता ब्यक्तित्वहरुको मूर्ति किन बनाईयो ? भन्ने प्रश्नको उत्तर दिदै यस्ता ब्यक्तित्वहरुलाई मरेपछि भन्दा जिवितै हुदा गरिएको सम्मान हो भन्ने भनाई अध्यक्ष धनबहादुर राईको भनाई रहेको छ ।
यतिबेला उक्त पार्कमा त्यस ठाउॅमा बस्ती बसाउने र बिभिन्न क्षेत्रमा योगदान गर्ने ब्यक्तित्वहरुको पनि मूर्ति निर्माण भैरहेको छ । सेउती खोला बगरको नजिकै रहेको उक्त स्थान धरानकै पर्यटन प्रवर्दन र भविश्यमा वडा नं ४ को राम्रो आम्दानीको श्रोतको रुपमा समेत चाडै बिकसित हुने प्रबल सम्भावना देखिन्छ । दिनहु सयौंको संख्यामा अबलोकन गर्न आउने मानिसहरुको हुल देखेर राम्रो कामको थालनी गरिएको दावी गर्दै यसको मुख्य श्रेय मेयर हर्क साम्पाङ रहेको जानकारी अध्यक्ष राईले बताए ।
भिडियो सामग्री
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्