शुक्रबार, चैत्र १४, २०८१ | Fri March 28, 2025


धरान ४ मा ढुंगे कला पार्कको निर्माण हुदै, बढ्न थाल्यो पर्यटकहरुको रोजाईको स्थल

धरान ४ मा ढुंगे कला पार्कको निर्माण हुदै, बढ्न थाल्यो पर्यटकहरुको रोजाईको स्थल

Omribung Admin | ३ हप्ता अघि

धरान : धरान ४ स्थित खैरेनीटारमा धरानकै आकर्षक र बिना सरकारको लगानीमा ढुङ्गे कला पार्कको शुरुवात गरिएको छ । गत मिति २०८१ पुष १२ गते धरान उपमहानगरका प्रमुख हर्कराज राईले उद्घाटन गरेका थिए । ख्याती प्राप्त पूर्वान्चलका १० जना मूर्तिकार हरुको सहभागिता रहेको थियो !

श्रमदान बाट बिभिन्न राष्ट्र प्रेमी र राष्ट्रिय आईडलहरुको मूर्ति निर्माण भैरहेको वडा नं ४ का अध्यक्ष तथा ढुंगे कला पार्कका मुल संयोजक धन बहादुर राईले जानकारी दिए । खासगरी जीवितै रहेका कुलमान घिसिङ,सन्दुक रुईत र महबीर पुनहरु जस्ता ब्यक्तित्वहरुको मूर्ति किन बनाईयो ? भन्ने प्रश्नको उत्तर दिदै यस्ता ब्यक्तित्वहरुलाई मरेपछि भन्दा जिवितै हुदा गरिएको सम्मान हो भन्ने भनाई अध्यक्ष धनबहादुर राईको भनाई रहेको छ ।

यतिबेला उक्त पार्कमा त्यस ठाउॅमा बस्ती बसाउने र बिभिन्न क्षेत्रमा योगदान गर्ने ब्यक्तित्वहरुको पनि मूर्ति निर्माण भैरहेको छ । सेउती खोला बगरको नजिकै रहेको उक्त स्थान धरानकै पर्यटन प्रवर्दन र भविश्यमा वडा नं ४ को राम्रो आम्दानीको श्रोतको रुपमा समेत चाडै बिकसित हुने प्रबल सम्भावना देखिन्छ । दिनहु सयौंको संख्यामा अबलोकन गर्न आउने मानिसहरुको हुल देखेर राम्रो कामको थालनी गरिएको दावी गर्दै यसको मुख्य श्रेय मेयर हर्क साम्पाङ रहेको जानकारी अध्यक्ष राईले बताए ।

भिडियो सामग्री

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  गैर नेपाली 'किचक' फिरन्सते मुदायका यीनिहरु कहाबाट आए ?


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित