लजेस राई : कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई सफल बनाउनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलको नेतृत्वमा एक उच्चस्तरीय टोलीले भेडेटार स्काई वाक र आत्माघर क्षेत्रमा स्थलगत अनुगमन भ्रमण सम्पन्न गरेको छ।
टोलीमा पूर्व प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, बिशाल भट्टराई, यज्ञराज सुनुवार, जयकुमार राई, कोशी प्रदेशसभा सदस्य निरन राई लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
भ्रमणका क्रममा टोलीलाई भेडेटार क्षेत्रको पर्यटन सम्भावना, पूर्वाधार विकास, र आगामी योजनाहरूको बारेमा सञ्चालक ई. संजिव रोक्का, गोपाल कटवाल, होटल एशोसिएशन भेडेटारका अध्यक्ष तुमराज लिम्बू र निवर्तमान अध्यक्ष लिलाराज लावतीले जानकारी गराएका थिए।
यो भ्रमणको संयोजन साँगुरीगढी गाउँपालिकाको सचिवालयले गरेको हो। सचिवालयका अनुसार, भ्रमणले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।
धरानको बजेट तर्जुमा बैठकमै विवाद, कार्यपालिका बैठक र नगरसभा स्थगित
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त

प्रतिक्रिया दिनुहोस्