ओम्रिबुङ : नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई बीमा सम्बन्धि केहि महिना अगाडी प्रथम सेवा बिन्दुबाट हटाएर केवल रिफरल केन्द्रको रुपमा काम गर्न पत्राचार गरेपछि बीमितहरुमा अन्यौल छाए संगै धरानका विभिन्न राजनीतिक दल तथा संस्थाहरुले इलाका प्रसासन तथा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ज्ञापन पत्र बुझाउदै यहाबाट प्रथम तथा रेफरल सेन्टरलाई नहटाउन माग गर्दै आएका थिए ।

बर्तमान समयमा भने नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड बबरमहल काठमाण्डौ को मिति २०८२ असार ३२ गतेको च नं १४९३ को पत्रानुसार प्रथम सेवा बिन्दुको बैकल्पिक ब्यबस्था भए नभएको एकिन गरी रिफरल सेन्टर कायम गर्ने बिषय उल्लेख छ भने हाललाइ २०८२ अशोज मसान्त सम्मको लागि बीपी कोइराला स्वाथ्य बिज्ञान प्रतिष्ठानमा प्रथम तथा रिफरल सेन्टरको रुपमा बीमा सम्बन्धि बीमित हरुले सेवा पाउने बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सह प्रबक्ता डाक्टर अभिजितले जानकारी दिए ।
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

प्रतिक्रिया दिनुहोस्