शुक्रबार, भदौ २६, २०८३ | Fri September 11, 2026


बिपी कोईराला स्वा. बिज्ञान प्रतिष्ठानका प्रा.डा.संजीव शर्मा बने बिश्वको शीर्ष स्वास्थय बैज्ञानिक

बिपी कोईराला स्वा. बिज्ञान प्रतिष्ठानका प्रा.डा.संजीव शर्मा बने बिश्वको शीर्ष स्वास्थय बैज्ञानिक

Omribung Admin | १० महिना अघि

बिपी कोईराला स्प्रवास्थ्य बिज्ञान धरानका शिक्षाध्यक्ष तथा मुटु र मिर्गौला रोग विशेषज्ञ  प्रा.डा सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य  वैज्ञानिकको सूचीमा परेका छन् । अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको वार्षिक ‘ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङ’ सूचीमा नेपालका ३१ जनामध्ये प्रा.डा शर्मा पनि छनोट भएका हुन्।


 २० वर्षदेखि सर्पदंश उपचार पद्धति सुधार, बाथ रोग, मुटु रोग, मिर्गौला रोगलगायत विषयमा डा. शर्माले महत्वपूर्ण अध्ययन गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा सर्पदंशसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आउनुभएको जानकारी प्रा.डा. शर्माले बताए । एक कार्यक्रमको आयोजना गरी धरान स्थित होटल ड्रिमल्याण्डमा नेपाल यातायात मजदुर संगठन र धरानका पत्रकारहरुले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित