बिहिबार, माघ ९, २०८२ | Thu January 22, 2026


उज्यालो नेपाल पार्टीको १ नं प्रदेश तदर्थ समितिको गठन

उज्यालो नेपाल पार्टीको १ नं प्रदेश तदर्थ समितिको गठन

Omribung Admin | १ महिना अघि

धरान — उज्यालो नेपाल पार्टीले १ नम्बर प्रदेश तदर्थ समिति औपचारिक रूपमा सार्वजनिक गरेको छ। धरान चतरा लाइनस्थित गोर्खा होटलमा आयोजित समारोहमार्फत एबिराज आङदेम्बे को अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति घोषणा गरिएको पार्टी सचिवालयले जनाएको छ।

नवगठित प्रदेश नेतृत्वमा केदार धिमाल लाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। समितिमा मोरङ, झापा, पान्थर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सुनसरी, धनकुटा र उदयपुरका प्रतिनिधिहरू समावेश छन्।

६५ सदस्यीय प्रदेश समिति

समितिमा डिल्ली लिङ्दम, भोजकुमार लावती, भगिश्वर लिम्बू, तुलराम तामाङ, नन्द याम्फू, राजकुमार पापो, जीवन राई, रेखबहादुर तामाङ, गंगा राई सेर्मा, शर्मिला आङदेम्बे, कोपिला लावती, बुद्धिमान खोयाहाङ, गंगा दुलाल, सुष्मा राई, कुमार साम्यू, प्रमेश थापा मगर, सिके बेघा, ई. सन्तोष तामाङ, प्रबिण तामाङ, जकेन्द्र लावती, रोशन लावती, हेमराज माङ्मु, राजभक्त योङया मिधुङ, कबिहाङ सेलिङ, मौसम कुरुङ्वाङ, कृतिमान मादेन, भरत गुरुङ, सरोज कङलिबा, डम्बर लावुङ लगायतका सदस्यहरू रहेका छन्।

  1. Screenshot

प्रदेश सल्लाहकार समिति

पार्टीले ११ सदस्यीय प्रदेश सल्लाहकार समिति पनि गठन गरेको छ।
सल्लाहकारमा —
सकुन्तला सुब्बा, भरत श्रेष्ठ, बाङगाई धिमाल, गणेश चेम्जोङ, टिएन सम्बाहाम्फे, खबिन थेवे, गङ्गा साउदेन, लोकबहादुर सिङघक, मोति पालुङ्वा, यलम्बर अगुवा र कालिबहादुर खेवाङ समावेश छन्।

केन्द्रीय नेतृत्वको उपस्थितिमा घोषणा

समारोहमा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य प्रा. डा. महेन्द्र लावती मुख्य अतिथि थिए।
त्यस्तै केन्द्रीय नेताहरू — ई. तेजनारायण यादव, ई. महेन्द्र थापा, रिमा विश्वकर्मा, डकेन्द्रसिह थेगिम, सरु सिङ्घक र डम्बर लावती (जेन्टल) — उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  धरानमा सिल्भर इन्टरटेन्मेन्टले धरान म्युजिक फेस्ट २०८० आयोजना गर्दै


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित