आइतवार, बैशाख ६, २०८३ | Sun April 19, 2026


चौथो धरान मेगा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता हुने

चौथो धरान मेगा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता हुने

Omribung Admin | ३ महिना अघि

धरान : चौथो संस्करण यु १८ धरान मेघा रेवाहाङ मेमोरियल अन्तरविद्यालय बास्केटवल प्रतियोगिता यही माघ ६ गते देखि सन्चालन हुने र उक्त प्रतियोगितामा १९ टिम सहभागी हुने भएको छ ।

प्रतियोगिताका आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै धरान, इटहरी, विराटनगर र झापाका विद्यालयहरु सहभागी हुने जानकारी दिएको हो । प्रतियोगिता धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा हुनेछ ।
प्रतियोगितामा हिमशिखर बोर्डिङ स्कुल,पुर्वाञ्चल स्कुल, सुस्मा कलेज, सुकुना कलेज, लोटस स्कुल, नास्ट कलेज, सियोन स्कुल, युनएन नवोदन स्कुल, डिपोट स्कुल सहभागी हुने संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

यस्तै, धरान आदर्श स्कुल, धरान मेघा कलेज ए, धरान मेघा कलेज बि, माउण्ट हार्मोन, आइडियल स्कुल, देउराली चिल्ड्रेन, सुनाखरी एकेडेमी, होलिल्याण्ड इन्टरनेशन स्कुल, कार्मेल स्कुल र विद्या भुषण स्कुल सहभागी हुने पनि उनले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद ३० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै, मोष्ट भ्यालुएवल पुरस्कार, उदयीमान खेलाडीलाई नगद, ट्रफी र प्रमाण पत्र दिइने पनि उनले बताए । फाइनल खेल अघि थ्री पोइन्ट स्पर्धा पनि हुने अध्यक्ष सुवेदीले बताए ।

प्रतियोगिता माघ ६ गते उद्घाटन हुनेछ भने समापन माघ ११ गते हुनेछ । उद्घाटन समारोह धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघाको प्रमुख आतिथ्यमा हुनेछ भने समापन समारोह कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप प्रमुख अतिथि रहने पनि आयोजकले जनाएको छ ।

यो प्रतियोगिता १६ बर्षको उमेरमा असामयिक निधन भएका धरान १८ निवासी बास्केटवल खेलाडी रेवाहाङ रुन्छेन्बुङको स्मृतिमा विगत ३ बर्षदेखि आयोजना हुदै आएको छ । प्रतियोगिता आयोजना गर्न रेवाहाङ राई स्मृति प्रतिष्ठान, सुनसरी बास्केटवल संघ, धरान बास्केटवल संघ र धरान मेघा कलेजबीच सम्झौता एवं सहकार्य भइरहेको छ ।

यो पनि पढ्नुहोस  गोधुली रनिङ्ग कप २५ औं संस्करणको उपाधि धरान १४ को पोल्टामा, प्याराफिटमा दर्शकहरु अटाएनन

स्वर्गीय रेवाहाङका बुबा रेवतीरमण राईले प्रतिभाशाली खेलाडीहरु उत्पादन गर्ने लक्ष्यसहित शुरुवात भएको प्रतियोगितालाई स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए । आयोजक कलेजका प्रिन्सिपल भास्कर पौडेलले भविष्यमा अझ व्यवस्थितरुपमा प्रतियोगिता गर्ने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित