ओम्रीबुङ : आउदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्टपार्टीले चुनाव प्रतार प्रसार थालेको छ । सुनसरी निर्वाचन क्षे.नं १ मा मनोज भट्टराई जिताऔँअभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु भएको छ ।
आइतबार बिहान धरान –१४ स्थित करमडाँडाबाट घरदैलो अभियानको औपचारिक सुरुवातगरेका हुन् । घरदैलो अभियानका क्रममा भट्टराईले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावीएजेन्डा र भावी योजनाबारे जानकारी गराएका छन् ।
घरदैलोका क्रममा जनतालाई सम्बोधन गर्दै भट्टराईले आफू एकता, सद्भाव र विकासको स्पष्टएजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताए । उनले धरानको दीर्घकालीन खानेपानी समस्याकोसमाधानलाई प्रमुख राजनीतिक एजेन्डा बनाएको उल्लेख गरे।
स्थानीय राजनीतिमा सक्रिय भट्टराईले हिजोका नेतृत्वबाट अपेक्षित परिणाम नआएकै कारणजनता नयाँ विकल्प खोजिरहेको दाबी गरे।
सुकुम्वासी समस्या दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता, सुकुम्वासी समस्याबारे बोल्दै भट्टराईलेयसलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिए।
नयाँ सुकुम्वासी थपिन नदिने र हाल रहेका सुकुम्वासीहरूको उचित व्यवस्थापन गर्ने नीति लिइनेउनले बताए।आफ्नो कार्यकालमा घर नम्बर, खानेपानी र बिजुली जस्ता आधारभूत सुविधाकोसुरुआत गरिएको स्मरण गराउँदै व्यवस्थित बस्ती विकासतर्फ आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्