आइतवार, बैशाख ६, २०८३ | Sun April 19, 2026


आङबुहाङ वंश परिवारजनको वंशको छलफल तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

आङबुहाङ वंश परिवारजनको वंशको छलफल तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

Omribung Admin | ३ महिना अघि

ओम्रीबुङ :  भूमी, थातथलो नेसुन -चाँगे ( चेङ्या) , हाङपाङ र सोबुवामा रहनु हुने समस्त आङबुहाङ वंश परिवारजनको वंश दाजुभाईहरूमा अनपेक्षित रुपमा सृजना भएको बिबाद ,असमझदारी र अन्योलताको बिषय वंश, इतिहास र अस्तित्वको सन्दर्भमा उठेका कैयौ सवालहरूमा पारस्परिक छलफल तथा खुल्ला अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीएको छ ।


आङबुहाङ वंश प्रतिष्ठान मोरङ्गको आयोजनामा सोमबार चाँगे माध्यमिक बिद्यालयको सभाहलमा उक्त बृहत छलफल एबम खुला अन्तर्कृया सप्पन्न गरेका हुन ।
प्रतिस्ठानका तदर्थ समिती सम्योजक खगेन्द्र आङ्गबुहाङ्गको अगुवाईमा सम्पन्न उक्त अन्तरकृया कार्यक्रमका दौरान राजा थिन्दोलुङ खो ? याहाङ पछिका १३ औ पुस्ता नामाहाङका सन्तती, हामी आङबुहाङ वंश परिवारको गौरवशाली इतिहास अनि पुर्खाहरूको बिरता र अभुतपुर्व योगदान मार्फत आर्जित ऐतिहासिक बिरासतलाई अविच्छिन्न रुपमा कायम राख्दै आङबुहाङहरूको वंश, इतिहास र अस्तित्व संरक्षण गर्ने सबैको समान दायित्व रह्ने बताए । उनले सो क्रममा समय क्रम सँगै बिभिन्न भुगोलमा छरिएर बसोबास गर्नु हुने तमाम आङबुहाङ वंश-दाजुभाईहरूको एकता, भाईचारा र सद्भावलाई अझ दिगो र मजबुत बनाउदै लैजानु आजको अपरिहार्य अवस्यकता रहेको तर विडम्बना स्वरुप बिगत लामो समय देखि अत्यन्तै भरोसा र बिस्वास गरेका केही अग्रज पात्रहरूको निकृस्ट सोच, अकर्मण्यता र असन्तुलित कदमले सिङ्गो आङबुहाङ परिवारमा अन्योल सृजना गरेको अवस्थाको श्रीजना भएको प्रती दुख ब्यक्त गरे । आङ्बुहाङ्गले वंशावली र इतिहास लेखन कार्य तथ्य प्रमाणको परिधि भित्र रहेर गरिनु पर्ने अप्रमाणित र नमिलेका बिषयहरूमा छलफल, परामर्श र सहमती द्वारा आधारहरू खोजिनु पर्ने हो तर इतिहास मनोमानी ढङ्गले तोडमोड गर्ने र वंशको -इतिहास बिगार्ने काम क्षम्य नहुने पनि बताए ।


प्रतिस्ठानले मुलत: वंशावली-इतिहास लेखन र प्रकाशनको सन्दर्भमा गएको मिति बिक्रम सम्बत २०८२ भाद्र २८ गते धरानमा, बहु संख्यक वंश दाजुभाईहरूलाई वहिष्कार गरि एउटा स्वार्थ-समुह द्वारा चालिएको अबैधानिक ,असन्तुलित, अपारदर्शी र अराजक वंशघाती कदम र उक्त कुकर्मलाई अनुमोदन गर्न बिक्रम सम्बत २०८२ पौष २३ गते गरिएको कथित साधारण सभा,जस्ले फरक बिचार, तथ्य र यथोचित खबरदारीलाई बल पुर्वक निषेध गर्दै वंश दाजुभाईहरू बिचको एकता, सद्भाव र आन्तरिक लोकतन्त्रका साथै न्युनतम बिधि र प्रकृयाको समेत धज्जि उडाएको प्रती असन्तुष्टि पोखे ।
आङ्गबुहाङ्गका अनुसार अर्को तर्फ आफुहरु आङबुहाङ लगायत ६ उपथरी वंश परिवारको छाता संगठन थिन्दोलुङ खो ॽ याहाङ वंशज संघ, केन्द्रीय समितीले समेत यो अराजक वंशघाती कदमलाई मान्यता नदिएको स्पस्ट हुदाहुदै यसरी वंश दाजुभाईहरूमा अनपेक्षित रुपमा सृजना भएको बिबाद ,असमझदारी र अन्योलताको बिषयमा अनि वंश, इतिहास र अस्तित्वको सन्दर्भमा उठेका कैयौ सवालहरूमा पारस्परिक छलफल तथा अन्तरक्रिया गर्न उपर्युक्त हुने अभिप्रायले यस प्रकारको कार्यक्रमको आयोजना हुनु आबश्यक ठान्दै खुला अन्तरकृया कार्यक्रम गरेको समेत बताए ।

यो पनि पढ्नुहोस  धरान १६ मा निर्माणाधिन अबस्थामा रहेको अस्थाई प्रहरी चौकी रोक्का भएपछि १६ का अध्यक्ष लगायत स्थानियले गरे पत्रकार सम्मेलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित