धरान : धरानमा क्रियाशील विभिन्न राजनैतिक दल परित्याग गरी २५ जना युवाहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

शुक्रबार धरान–८ स्थित लाङ्घाली सामुदायिक बनमा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य किरण राई ले उनीहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।
पार्टी प्रवेश गर्नेहरुमा मिना लिम्बु,अञ्जना राई,मनु राई,फुला लिम्बु,सरोज राई,बिष्णु लिम्बु,रोजा लोकान्द्री,सुपेन्द्र लिम्बु,सुमन लिम्बु,तेज लिम्बु,दीपेन लिम्बु,हेमन मगर,भूपु लिम्बु,सुसिला नागार्की,पुष्प लिम्बु,सागर मगर,रोशन लिम्बु,अभिषेक झापा,सुमन राजधामी,प्रवेश राई,राजा लिम्बु,सरग लिम्बु,नन्दु राई,सुमन राई,उदय राई नेकपा प्रवेश गरेका हुन ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य राईले युवाहरू परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गर्दै समाजवाद उन्मुख राजनीतिक धारामा युवाको सक्रिय सहभागिताले मात्रै देशमा वास्तविक परिवर्तन सम्भव हुने बताए।
उनले वर्तमान राजनीतिक अवस्थाबाट निराश बनेका युवाहरू वैकल्पिक राजनीतिक धारमा आकर्षित हुनु सकारात्मक संकेत भएको समेत बताए।
पार्टी प्रवेश गर्ने युवाहरू विभिन्न दल र पृष्ठभूमिबाट आएका रहेको आयोजक समितिले जनाएको छ। उनीहरूले भ्रष्टाचारविरोधी राजनीति, सुशासन, सामाजिक न्याय र श्रमिक–किसानमुखी नीतिका कारण नेकपामा आकर्षित भएको प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा नेकपाका स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

प्रतिक्रिया दिनुहोस्