बिज्ञान राई/धरान, असार ७ । धरान उपमहानगरपालिकाभित्रका संगीतकर्मीहरूको संस्था धरान संगीत प्रतिष्ठानले विश्व संगीत दिवसको अवसरमा वरिष्ठ गायक रमा मण्डललाई सम्मान गर्ने भएको छ।
प्रतिष्ठानले स्थापना कालदेखि नै संगीतप्रेमी बालबालिकाहरूका लागि संगीत विद्यालय सञ्चालन गर्दै आएको छ। हालसम्म करिब ५०० भन्दा बढी बालबालिकालाई संगीत शिक्षा प्रदान गरिसकेको प्रतिष्ठानले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई निःशुल्क संगीत शिक्षा समेत उपलब्ध गराउँदै आएको जनाएको छ।
विगत एक दशकदेखि विश्व संगीत दिवस (२१ जुन) को अवसरमा सांगीतिक कार्यक्रम तथा श्रष्टा सम्मान कार्यक्रम आयोजना गर्दै आएको प्रतिष्ठानले यसअघि वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ, एल.पी. जोशी, प्रेमध्वज प्रधान, वरिष्ठ गीतकार शिवशंकर थापा, गायिका लोचन भट्टराई र मिलन सिंह खाती लगायतका स्रष्टाहरूलाई सम्मान गरि सकेको छ।
यस वर्षको श्रष्टा सम्मान अन्तर्गत चर्चित गीत ‘कहाँ हो कहाँ’, ‘यो केटोको ठीक छैन चाल’ र ‘अरुणिमा’ जस्ता लोकप्रिय गीतका गायक रमा मण्डललाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ।
आइतबार, असार ७ गते आयोजना हुने कार्यक्रममा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राई प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। कार्यक्रम धरानस्थित बी.पी. स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशरा हलमा दिउँसो ३ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।
“जय संगीत” नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रमलाई सफल बनाउन प्रतिष्ठानले सम्पूर्ण संगीतप्रेमी तथा सर्वसाधारणलाई उपस्थितिका लागि अनुरोध गरेको छ।
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै
बराह सहकारीका पीडितले गरे पत्रकार सम्मेलन, सञ्चालकमाथि कारबाही र सम्पत्ति छानबिनको माग
डिल्ली पब्लिक स्कूल सम्बन्धी गुनासोमा छानबिनको माग गर्दै BPKIHS मा निवेदन, ७२ घण्टाभित्र प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस्