धरान : धरान स्थित होप धरानले भद्र ११ गते हाङकुक सारङ्ग कोरियन रेष्टुरेण्टमा एक ब्यक्ति एक रुपैया अभियान कार्यक्रम गरी उक्त अभियानको बारेमा जानकारी गराएको छ । सो अभियानबाट संकलन भएको रकमले अग्नी पीडित,बाढी,पहिरो पीडित साथै धरान वरीपरिका घरमा खाद्यन्न तथा तत्काल जरुरी पर्ने सामाग्रीहरु राहत स्वरुप बितरण गर्दै आएकोमा यस अभियानलाई अझै सफल र बिस्तार गर्नका निमित्त यस अभियानमा एक ब्यक्ति एक रुपैया शुुरु गरिएको होप धरानका अध्यक्ष निश्चल पलिखेले जानकारी गराए ।
इलाका प्रशासान कार्यालयका प्रमुुख अनोज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सुर्यलक्ष्मी श्रेष्ठले रु १०००००।– अक्षेरेपी एकलाख तथा अन्या दाताहरुले पनि आर्थिक सहयोग गरेका छन् । सोही कार्यक्रममा एक अपाङ्ग महिलालाई ह्वीलचियर प्रदानका साथै अग्नी पीडितलाई नगद सहयोग गरिएको थियो ।
तलब पुनरावलोकन माग्दै बिपी कोईराला स्वा.बि.प्रतिष्ठानका मेडिकल अफिसर आन्दोलनतर्फ
धरानमा श्रम संस्कृति पार्टीबाट सामूहिक राजीनामा, नेतृत्वमाथि प्रतिबद्धता उल्लंघनको आरोप
विजयपुर दरबार क्षेत्रमा ऐतिहासिक लिम्बु समाधि स्थल भत्काईएको भन्दै किरात याक्थुङ चुम्लुङको आपत्ति
श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि
धरान–२० मा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने

प्रतिक्रिया दिनुहोस्