आइतवार, साउन ३१, २०८३ | Sun August 16, 2026


बिपि कोईराला स्वा.बि.प्रतिष्ठानका फर्मासिस्टहरु आन्दोलनमा !

बिपि कोईराला स्वा.बि.प्रतिष्ठानका फर्मासिस्टहरु आन्दोलनमा !

Omribung Admin | २ वर्ष अघि

चैत २ धरान : बिपिवकोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिगत लामो समयदेखि फर्मासिष्टको रुपमा काम गर्दै आएका १८ जना कर्मचारीहरुले आज एक पत्रकार सम्मेलन गरी आन्दोलनमा उत्रेको जानकारी गराएका छन् ।

शुरुको अबस्था देखिनै नियुक्ति पत्र समेत नपाएको कर्मचारीहरुको गुनासो रहेको छ भने समान रुपमा मासिक तलब भत्ता नभएको जानकारी गराएका छन् । बिरामीलाई चाहिने आबश्यक औषधीहरु समेत पर्याप्त मात्रामा बेच्न नसकिएको र औषधी किन्ने ग्राहकहरु संग प्राय लफडा पर्िरहने समेत जानकारी गराए । बिगत छ बर्ष अघि देखि सुरक्षाका निमित्त ठेक्का पाएको ठेकेदार कम्पनिलेनै औषधी पनि बिक्री बितरण गर्दै आएको र उक्त सेक्युरिटी कम्पनि मार्फतनै ती फर्मासिष्टहरु पनि नियुक्ति भएकोले यस्तो लापार्बाही हुदै आएको आन्दोलनकारीहरुको गुनासो रहेको छ ।

यस सम्बन्धमा बिभिन्न निकायमा बोदार्थ समेत बुझाई सकिएको साथै स्वास्थ्य मन्त्राल,बिपि स्वा.बि.प्रतिष्ठान र सेक्युरिटी कम्पनिलाई समेत आबश्यक पहल गरी समस्याको समाधानका निमित्त पहलका लागि ज्ञापन पत्र बुझाई सकेको जानकारी गराए ।
video

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  धरान उपमहानगर बिबाद यसरी मिल्यो, यो सबै नाटक हो भन्दै उपमेयर बेघा कि लाउ माया उइ तिर नलाउ दुइतिर भन्दैअसन्तुस्ट, बजेटको काम धमाधम हुने (भिडियो सहित)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित