धनकुटा, चैत ५ गते। धनकुटामा रहेका जम्मा छ वटा क्याम्पसमध्ये चार वटा क्याम्पसमा विद्यार्थी संगठनले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन गरेका छन्। मंगलबार सम्पन्न भएको धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रिवासमा अनेरास्ववियु र जितपुर क्याम्पस नेपाल विद्यार्थीको नेतृत्वमा सर्वसम्मत चयन भएको हो।
धनकुटा बहुमुखी क्याम्पस युवा तिम्सिनाको सभापतिमा १९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित भएको छ। यस्तै उपसभापतिमा सुवास अनाल, सचिवमा मिलन बुढाथोकी, सहसचिवमा विपिन राज थापा र कोषध्यक्षमा रञ्जन कार्की हुनुहुन्छ। यस्तै हिले क्याम्पसमा सभापतिमा विशाल तामाङ, उपसभापतिमा हेमबहादुर कार्की, सचिवमा विना विश्वकर्मा, सहसचिवमा सन्तोषीकुमारी श्रेष्ठ र कोषध्यक्ष कङन तामाङ निर्वाचित हुनुभएको छ।
यस्तै जाल्पादेवि क्याम्पसको पाख्रीवासको स्ववियु सभापतिमा चेतराज पौडेल, उपसभापतिमा दिपेश गौतम, सचिवमा निरुता कटुवाल, सहसचिवमा सुस्मिता राई र कोषाध्यक्षमा झर्ना राई सर्वसम्मत चयन हुनुभएको छ।
यस्तै महालक्ष्मी नगरपालिकाको जितपुर क्याम्पसको स्ववियु सभापतिमा निरुता खड्का, उपसभापतिमा यमुनापुलामी मगर, सचिव नविन बराल, सहसचिवमा सरिता श्रेष्ठ र कोषध्यक्षमा सन्जय बानियाँ निर्वाचित हुनुभएको छ।
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै
बराह सहकारीका पीडितले गरे पत्रकार सम्मेलन, सञ्चालकमाथि कारबाही र सम्पत्ति छानबिनको माग
डिल्ली पब्लिक स्कूल सम्बन्धी गुनासोमा छानबिनको माग गर्दै BPKIHS मा निवेदन, ७२ घण्टाभित्र प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस्