शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


नगर प्रमुख हर्कराज राईले एडिबीको फाईल पुन:खोल्दै,१५ करोड सल्लाहमै झ्वाम, भन्छन जनअदालतमा पेश गर्ने

नगर प्रमुख हर्कराज राईले एडिबीको फाईल पुन:खोल्दै,१५ करोड सल्लाहमै झ्वाम, भन्छन जनअदालतमा पेश गर्ने

Omribung Admin | १ वर्ष अघि

चैत्र ११-धरान – धरान उपमहानगरका प्रमुख हर्कराज राईले एडिबीमा भएको अनियमितता तथा भ्रष्टाचारको बारेमा अनुसन्धान थालेका छन् । मिति २०८१ तैत्र ११ गतेका दिन धरान धरान उपमहानगरको कार्यकक्षमा पत्रकारहरुलाई बोलाएर फाईलहरु सार्बजनिक गर्दै उक्त अनियमितताको चासोका साथ छानबिन गर्न सम्बन्धित निकाष समक्ष माग गरेका छन् । उक्त अनियमितताको छानबिन गर्ने अधिकार आफूलाई नभएको र अख्तियारलाई बारम्बार झकझकाई रहदा पनि कुनै लुनुवाई नभएको बताए । जुनन विषय जनताले थाहा पाउनु पर्ने तर त्य सम्बन्धमा जनता बेखबर रहेको जानकारी गराए ।

Screenshot

पत्रकारको बाक्लो उपस्थितिका बीच यस बिषयमा आफूले यस बिषयलाई रानीतिकरण नगरेको र यस बिषयमा आफूमाथि पनि छानबिन हुनुपर्ने माग राखेका छन् । उनले भने एडिबी बाट लिईएको रकम मध्य १५ करोड भन्दा धेरै ककमको सल्लाह मात्रै लाईएको छ अन्य अरु कति के के मा खर्च भएको छ भन्ने सारबजनिक ग्ने समेत बताए । यस बिषयमा नेपाली कांग्रेसका नेता मीन बिश्वकर्मा समेत मुछिएको बताए । यस सम्बन्धमा अख्तियारलाई पत्र लेखेको उक्त पत्रको जवाफ २५ दिन भित्र आईसक्नु पर्नेमा हाल सम्म उक्त पत्रको जवाफ अत्तो पत्तो नभएको बताए । अख्तियारलाई अनुसन्धानका निमित्त आबश्यक अन्य काजातहरु चाहिएमा आफूले उपलब्ध गराउने समेत बताए ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  होप धरानको एक ब्यक्ति एक रुपैया अभियान कार्यक्रम शुरु


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित