आइतवार, बैशाख ६, २०८३ | Sun April 19, 2026


धरान १७ स्थित सप्तरंगी पार्क लागूपदार्थ सेवनको अखडा बन्दैछ किन ?

धरान १७ स्थित सप्तरंगी पार्क लागूपदार्थ सेवनको अखडा बन्दैछ किन ?

Omribung Admin | १ वर्ष अघि

धरान : धरान १७ स्थित सप्तरंगी पार्क दसकौं देखि अलपत्र हुदै आईरहेको छ । दसकौं भित्र बिभिन्न सरकारको स्वाद चाखिसकेको पार्कले धरानमा पछिल्लो समय स्थानिय सरकारका रुपमा स्वतन्त्रको सरकार आए पनि उक्त पार्क दिनानु दिन जीर्ण हुनका साथै लागूपदार्थ सेवन गर्ने र अपराधिक कृयाकलाप गरी शेल्टर लिने ठाउको रुपमा बिकास हुदै गैरहेको स्थानियहरु बताउछन् ।

स्थलगत रिपोर्टिङमा पुग्दा त्यहाका कर्मचारी सिताराम राईका अनुसार पार्क छेत्रमा असुरक्षा निकै बढ्दै गैरहेको जनाजारी दिए। पुराना संरचनाहरु केहीको मात्र अंशहरु देखिछन् भने केहि संरचनाको केहि चिनोबानो पनि नरहेको देखिन्छ।


कुराकानीको क्रममा कार्यबाहक १७ अध्यक्ष मनिष बिस्टकानुसार प्रदेश र संघले नहेरेको बताए। धरान उपमहानगरमा स्वतन्त्रका मेयरको रुपमा हर्कराज राइ प्रमुख भएर आएपछि त्यो स्थललाइ बहु सास्कृतिक पार्क बनाउने भनेर कार्यपालिकामा प्रस्ताब पेस गरेतापनि कार्यपालिकाबाट पारित हुनसकेको थिएन। हाल आएर यो पार्क लागु पदार्थ सेवन गर्ने बेस्यबृति र अपराधिक क्रियाकलाप गरेर लुकेर बस्ने शेल्टरको रुपमा बिकसित भैरहेको अबस्था छ।

Video

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  उज्यालो नेपाल पार्टीको १ नं प्रदेश तदर्थ समितिको गठन


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित