राष्ट्रिय परिवर्तन पार्टी जिल्ला सुनसरी पार्टीको जिल्ला घोषणा सभा आउदो पुष १९ गते हुने भएको छ । धरान २ स्थित भानुचोकको लोकतान्त्रिक चौतारीम गर्न लागेको उक्त सम्मेलन पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेलको प्रमुख आतिथ्यता एबम संरक्षक एबम पुर्ब आईजिपी सर्बेन्द्र खनाल,पार्टी प्रबक्ता ओसन राई लगायतका नेताहरुको उपस्थितीमा हुने पार्टीका जिल्ला अध्यक्ष युमेन राईले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

धरान १२ चतरालाईन नगरपालिका गेट आगाडि रहेको शिखा किचेनमा मंगलबार दिउँसो १२ बजे गरिएको पत्रकार सम्मेलनमा जेन्जी आन्दोलनपछि जेन्जी आन्दोलनमै घाइते भएका केही युबाहरुको लिडर जन्मिन नस्क्दाको कारण ती समुहले पार्टी संचालन गरेको र सोही पार्टी बनाउने अभियान र आगामी चुनाबलाई मध्य नजर गरी पार्टीको उक्त जिल्ला सम्मेलन गर्न लागेको अध्यक्ष राईले बताए ।

उनका अनुसार सम्मेलन तयारी एबम चुनावी मैदानमा उत्रिने उदेश्यका साथ उक्त सम्मेलन हुन लागेको सुनसरी अध्यक्ष युमेन राईले जानकारी दिए । जिल्ला पार्टी सुनसरीमा हाल २४/२५ जना सदस्यहरु रहेको र ती पार्टी बिस्तारमा लागेको समेत पार्टीका जिल्ला सचीव शिबराज जिमिले बताएका छन ।
भिडियो
धरानमा श्रम संस्कृति पार्टीबाट सामूहिक राजीनामा, नेतृत्वमाथि प्रतिबद्धता उल्लंघनको आरोप
विजयपुर दरबार क्षेत्रमा ऐतिहासिक लिम्बु समाधि स्थल भत्काईएको भन्दै किरात याक्थुङ चुम्लुङको आपत्ति
श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि
धरान–२० मा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने
धरानमा ‘चौथो गोरखा ट्रेलब्लेजर–२०८२’ हुने

प्रतिक्रिया दिनुहोस्