ओम्रीबुङ/बिज्ञान/धरान, असार ३१ – पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले ‘कोरा राइड साइकलिङ च्यालेन्ज २०८३’ आयोजना गर्ने भएको छ। क्लबले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रम २०८३ साउन २ गते (शनिबार) बिहान ६:०० बजे धरान–२ को भानुचोकबाट सुरु भई धरान–८ स्थित लाइडहली सामुदायिक पार्कमा समापन हुनेछ।
क्लबका अनुसार नेपालमा कोरा राइडको सुरुआत काठमाडौंबाट सन् २०११ मा भएको हो। धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थललाई साइकलमार्फत जोड्दै सचेतना फैलाउने उद्देश्यले सञ्चालन हुँदै आएको यो अभियान विश्वका विभिन्न शहरमा पनि मनाइँदै आएको छ।

Screenshot

Screenshot
धरानमा भने सन् २०१७ देखि नियमित रूपमा आयोजना हुँदै आएको कोरा राइडलाई सन् २०२४ देखि पेडलर्स धरानले निरन्तर आयोजना गर्दै आएको जनाएको छ। यस वर्ष ३०० भन्दा बढी राइडर सहभागी गराउने लक्ष्य राखिएको छ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य कोशी प्रदेश सरकारले अघि सारेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८३’ अभियानलाई प्रवर्द्धन गर्नुका साथै साइकलमार्फत प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रचार–प्रसार गर्दै वातावरणमैत्री पर्यटन विकासमा टेवा पुर्याउनु हो।
कार्यक्रमको प्रमुख आतिथ्य कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गर्ने जनाइएको छ।
३० किलोमिटरको रुट
साइकल र्याली भानुचोकबाट सुरु भई धरानका विभिन्न प्रमुख सडक तथा पर्यटकीय स्थल हुँदै करिब ३० किलोमिटर दूरी पार गरेर लाइडहली सामुदायिक पार्कमा पुगेर समापन हुनेछ। रुटमा तीन स्थानमा विश्राम (ब्रेक)को व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सहभागीलाई सुविधा र पुरस्कार
आयोजकका अनुसार सहभागीलाई टी–सर्ट, मेडल, साइकलिङ ब्याग, साथै विभिन्न स्थानमा खाना, खाजा, जुस, मह, लस्सीको व्यवस्था गरिएको छ। सुनसरी बाहिरबाट आउने सहभागीका लागि एक रातको आवास र रात्री भोजनको व्यवस्था पनि गरिएको छ।
यस वर्ष कार्यक्रमलाई थप आकर्षक बनाउन विभिन्न प्रायोजकबाट उपहार तथा पुरस्कारको व्यवस्था गरिएको छ। कार्यक्रमको मुख्य आकर्षण लक्की ड्रमार्फत माउन्टेन बाइक प्रदान गरिने आयोजकले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै
बराह सहकारीका पीडितले गरे पत्रकार सम्मेलन, सञ्चालकमाथि कारबाही र सम्पत्ति छानबिनको माग
डिल्ली पब्लिक स्कूल सम्बन्धी गुनासोमा छानबिनको माग गर्दै BPKIHS मा निवेदन, ७२ घण्टाभित्र प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस्