ओम्रीबुङ/बिज्ञान राई/धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) ले स्वास्थ्य सेवा थप प्रभावकारी, छिटो र सेवाग्राहीमैत्री बनाउन विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाएको जनाएको छ। प्रतिष्ठानले स्वास्थ्य बीमा सेवादेखि लिएर अक्सिजन प्लान्ट सञ्चालन, एमआरआई मेसिन खरिद, एमसीएच भवन सञ्चालन तथा अत्याधुनिक सीबीसीटी (CBCT) मेसिनमार्फत सेवा विस्तारका कामलाई तीव्रता दिएको छ।
प्रतिष्ठानले स्वास्थ्य बीमा, जनरल ओपीडी तथा विशेष सेवा सम्बन्धी दर्ता (Registration) र बिलिङ (Billing) काउन्टरलाई पुनः व्यवस्थापन गरेको छ। नयाँ व्यवस्थाअनुसार स्वास्थ्य बीमाअन्तर्गतका सबै ओपीडी दर्ता तथा बिलिङ सेवा GOPD भवनको भुइँतलाबाट सञ्चालन भइरहेको छ।
सेवाग्राहीको चाप व्यवस्थापन गर्न बीमा ओपीडी दर्ता काउन्टर ४ वटा र बिलिङ काउन्टर ६ वटासम्म विस्तार गरिएको छ। यसैगरी SOPD भवनबाट सञ्चालन हुने जनरल प्र्याक्टिस तथा EHS सम्बन्धी सेवा पनि थप काउन्टरमार्फत सहज बनाइएको प्रतिष्ठानले जनाएको छ।

Screenshot

Screenshot
रेफरल प्रणाली कार्यान्वयन
बिरामीलाई समयमै उपयुक्त स्वास्थ्य संस्थामा पठाउने उद्देश्यले प्रतिष्ठानमा रेफरल युनिट स्थापना गरिएको छ। यसले अनावश्यक रेफरल न्यूनीकरण, सेवा प्रवाहमा समन्वय तथा उपचारको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अक्सिजन प्लान्ट पुनः सञ्चालनको तयारी
प्रतिष्ठानको अक्सिजन प्लान्ट हाल बन्द अवस्थामा रहे पनि आवश्यक मर्मतसम्भार र उपकरण खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्लान्ट सञ्चालनका लागि आवश्यक २०० KVA क्षमताको UPS खरिद प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, अक्सिजन आपूर्तिकर्तासँग देखिएको कानुनी विवाद समाधानका लागि अदालतको निर्देशनअनुसार मध्यस्थता (Arbitration) प्रक्रिया अगाडि बढाइएको प्रतिष्ठानले जनाएको छ।
एमआरआई मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा
प्रतिष्ठानले नयाँ एमआरआई मेसिन खरिदका लागि आवश्यक Specification र Requirement तयार गरी विभिन्न कम्पनीबाट प्राविधिक प्रस्तुति लिइसकेको जनाएको छ। अब अन्तिम रूपमा टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढिरहेको छ।
एमसीएच भवन सञ्चालनको तयारी
आमा तथा शिशु स्वास्थ्य (MCH) भवन सञ्चालनका लागि नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको र आवश्यक प्रक्रिया पूरा गरी निकट भविष्यमा भवन सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।
अत्याधुनिक CBCT सेवा सुरु
प्रतिष्ठानले दन्त सेवालाई थप आधुनिक बनाउन Carestream CS 9600 Full FOV मोडेलको Cone Beam Computed Tomography (CBCT) मेसिन जडान गरी सेवा सञ्चालनमा ल्याएको छ।
यो प्रविधिबाट कम विकिरणमा उच्च गुणस्तरको ३डी तस्बिर प्राप्त हुने, दाँत, जबडा, स्नायु प्रणाली तथा हड्डीको सूक्ष्म परीक्षण गर्न सहज हुने र उपचारको गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।
भिडियो
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै
बराह सहकारीका पीडितले गरे पत्रकार सम्मेलन, सञ्चालकमाथि कारबाही र सम्पत्ति छानबिनको माग
डिल्ली पब्लिक स्कूल सम्बन्धी गुनासोमा छानबिनको माग गर्दै BPKIHS मा निवेदन, ७२ घण्टाभित्र प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस्