शुक्रबार, कार्तिक ७, २०८३ | Fri October 23, 2026


सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै

सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै

Omribung Admin | २ महिना अघि

ओम्रीबुङ/बिज्ञान राई/धरान : सुम्निमा पारूहाङ प्रतिमूर्ति निर्माण प्रचार प्रसार तथा प्रवर्दनका निमित्त यही असोज १७ गते“सुम्निमा रन” २०८३ हुने आयोजक कमिटीले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम सम्पन्न गर्नका निमित्त रीता राईको अध्यक्षतामा २५सदस्यीय समिति निर्माण गरिएको सल्लाहकार गोपाल राईले जानकारी गराए । उक्त कार्यक्रमसम्पन्न गर्नका निमित्त समितिमा बिभिन्न बिधाका खेलाडीहरु र धरान रनका अनुभबी र चर्चितपदाधिकारीहरु पनि रहेको जानकारी गराए ।

धरान १६ को जानकी चोक र देवीगाउ शर्दु खोलाको पुलबाट शुर हुने रन ३ देखि ४ किमी पार गरेर पुग्नु पर्ने अन्तिम स्थान चिण्डे डाडा सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण स्थल रहेको र उक्त रनलाई  ३ समूह १७ देखि ३९ बर्ष खुला प्रतिस्पर्धा महिला/पुरुष (ओपन क्याटगोरी) ४०-५९ भेटेरान महिला/पुरुष र ६० बर्ष देखि माथि सुपर भेटेरान महिला पुरुष गरी ३ तीन समूहमा प्रतिस्पर्धाहुने आयोजकले जानकारी गराएको छ । रनमा सहभागी हुने रनरले रु ५ सय रुपैया तिरेर नामदर्ता गराउन सक्ने छ भने १६ बर्ष भन्दा मुनिका रनरहरुले अनिवार्य रुपमा आफ्नो अभिभावककोस्वीकृति हुनपर्ने जानकारी गराएको छ ।

असोज १७ गते हुने उक्त रनमा बढिमा २ हजार जना सम्म प्रतियोगी रहने छन् भने २ हजार जनाभन्दा पछि दर्ता भएका रनरहरु रन गर्न पाउने तर अप्रतियोगि हुने जानकारी आयोजकलेजानकारी गराएको छ ।

यसै गरी तीनै समूह मध्य ओपन क्याटागोरी तर्फका महिला/पुरुष प्रथम,दितीय र तेश्रोले क्रमश: नगद १५ हजार, १० हजार र ७ हजार ५ सय सहित फिनिसर मेडल प्राप्त गर्ने छन् र यसैगरी भेटेरान महिला पुरुष क्याटागोरीका प्रथम,दितीय र तेश्रो स्थान प्राप्त गर्नेले क्रमश १० हजार, ७ हजार ५ सय र ५ हजार  सहित मेल प्राप्त गर्नेछन् भने सुपर भेटेरान अन्तर्गत प्रतियोगी महिला/पुरुष प्रथम हुनेले मात्र १० हजारका दरले नगद पुरस्कार र फिनिसर मेडल प्राप्त गर्ने छन् ।

यो पनि पढ्नुहोस  सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

यसैगरी रनमा सहभागी रनरहरु सबैको लागि एकदिने बीमा समेत गरिएको आयोजक कमिटीले जनाएको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित