आगामी पुस ६ देखि १६ गतेसम्म बिराटनगरमा, मोरङ व्यापार संघको आयोजनामा ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ सञ्चालन हुने भएको छ । साढे तीन करोड लागत अनुमान गरिएको एक्स्पोमा २ सय ५० स्टल राखिने भएको छ । अन्तराष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा भारत, बंगलादेश र पाकिस्तानका उद्योगको उत्पादन राखिनेछ साथै दश वटा स्टल भने निशु:ल्क रुपमा स्थानीय घरेलु तथा कृषि उत्पादनको बजार प्रबर्द्धनका लागि उपलब्ध गराईने भएको छ ।
चार लाख भन्दा बढी अवलोकनकर्ता सहभागी रहने अनुमान गरिएको प्रदर्शनी कार्यक्रममा १५ करोड सम्मको कारोबार गरिने लक्ष्य राखिएको छ । एक्स्पो आयोजक मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार, स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढाउन साथै आर्थिक गतिविधि शिथिल रहेको अवस्थामा कार्यक्रमले उर्जा दिने अपेक्षाका साथ एक्स्पो सञ्चालन गरिएको बताउनु भयो । दश दिन सम्म सञ्चालन हुने उक्त एक्स्पोमा नेपाल र भारतका चर्चित कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति समेत रहने छ ।
‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ विराटनगर-२, शंकरपुर मार्गको खुल्ला क्षेत्रमा सञ्चालन हुनेछ ।
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्