आगामी पुस ६ देखि १६ गतेसम्म बिराटनगरमा, मोरङ व्यापार संघको आयोजनामा ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ सञ्चालन हुने भएको छ । साढे तीन करोड लागत अनुमान गरिएको एक्स्पोमा २ सय ५० स्टल राखिने भएको छ । अन्तराष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा भारत, बंगलादेश र पाकिस्तानका उद्योगको उत्पादन राखिनेछ साथै दश वटा स्टल भने निशु:ल्क रुपमा स्थानीय घरेलु तथा कृषि उत्पादनको बजार प्रबर्द्धनका लागि उपलब्ध गराईने भएको छ ।
चार लाख भन्दा बढी अवलोकनकर्ता सहभागी रहने अनुमान गरिएको प्रदर्शनी कार्यक्रममा १५ करोड सम्मको कारोबार गरिने लक्ष्य राखिएको छ । एक्स्पो आयोजक मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार, स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढाउन साथै आर्थिक गतिविधि शिथिल रहेको अवस्थामा कार्यक्रमले उर्जा दिने अपेक्षाका साथ एक्स्पो सञ्चालन गरिएको बताउनु भयो । दश दिन सम्म सञ्चालन हुने उक्त एक्स्पोमा नेपाल र भारतका चर्चित कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति समेत रहने छ ।
‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ विराटनगर-२, शंकरपुर मार्गको खुल्ला क्षेत्रमा सञ्चालन हुनेछ ।
धरान जेन्जी आन्दोलन बेला आगजनी,तोडफोड र लुटपाटमा संलग्न बिरुद्द प्रहरीमा दिए सबैले किटानी जाहेरी
मेयर हर्कराज राई (साम्पाङ)को फेसबुक स्ट्याटस प्रति बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३ महिनाका लागि बीमा कार्यक्रम यथावत
सुनसरी उध्योग बाणिज्य संघको चुनाव धमाधम हुदै
बिपी कोईराला स्वा.बि.प्रतिष्ठानबाट बिमा प्रथम स्वास्थ्य सेवा केन्द्र हटाएछि धरानका राजनीतिक दलहरुले बुझाए ज्ञापन पत्र

प्रतिक्रिया दिनुहोस्