१३ फागुन २०८० । सामाजिक संस्था थुलुङ राई सहजीकरण सोलुखुम्बुले शनिबार (हिजो) काठमाडौँको गोकर्ण नगरपालिका – ४ जगडोलस्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उधान व्यवस्थापन समितिको परिसरमा बृहत सरसफाई कार्यक्रम गरेको छ । थुलुङ राई सहजीकरण सोलुखुम्बुले बिगत लामो समयदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र सोहिको कार्यक्रमको निरन्तरता स्वरुप “सफा गाउँ सहर, हामी सबैको रहर” को नारा सहित शनिबारको कार्यक्रम पनि सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उधान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल, सचिव राजकुमार केसी, थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राई, स्थानीय नागरिकहरु, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुका साथै सहजीकरण सोलुखुम्बुका पदाधिकारीहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
आफ्नो समूदाय साथै आफू बसेको ठाऊँ, गाँउ र समाजलाई नै सफा र सुग्घर बनाउनु पर्ने सबैको दायित्व हो भन्दै संस्थाका कार्यबाहक अध्यक्ष पासाङ्ग दोर्जे राईले उक्त कार्यक्रम गरेको र यसलाई भविष्यमा पनि निरन्तरता दिँदै जाने बताउनुभयो ।
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

प्रतिक्रिया दिनुहोस्