शुक्रबार, भदौ २६, २०८३ | Fri September 11, 2026


सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै

सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै

Omribung Admin | ३ हप्ता अघि

ओम्रीबुङ/बिज्ञान राई/धरान : सुम्निमा पारूहाङ प्रतिमूर्ति निर्माण प्रचार प्रसार तथा प्रवर्दनका निमित्त यही असोज १७ गतेसुम्निमा रन२०८३ हुने आयोजक कमिटीले पत्रकार सम्मेलन मार्फत जनाएको

पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम सम्पन्न गर्नका निमित्त रीता राईको अध्यक्षतामा २५सदस्यीय समिति निर्माण गरिएको सल्लाहकार गोपाल राईले जानकारी गराए उक्त कार्यक्रमसम्पन्न गर्नका निमित्त समितिमा बिभिन्न बिधाका खेलाडीहरु धरान रनका अनुभबी चर्चितपदाधिकारीहरु पनि रहेको जानकारी गराए

धरान १६ को जानकी चोक र देवीगाउ शर्दु खोलाको पुलबाट शुर हुने रन ३ देखि ४ किमी पार गरेर पुग्नु पर्ने अन्तिम स्थान चिण्डे डाडा सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण स्थल रहेको र उक्त रनलाई   समूह १७ देखि ३९ बर्ष खुला प्रतिस्पर्धा महिला/पुरुष (ओपन क्याटगोरी) ४०-५९ भेटेरान महिला/पुरुष र ६० बर्ष देखि माथि सुपर भेटेरान महिला पुरुष गरी तीन समूहमा प्रतिस्पर्धाहुने आयोजकले जानकारी गराएको रनमा सहभागी हुने रनरले रु सय रुपैया तिरेर नामदर्ता गराउन सक्ने भने १६ बर्ष भन्दा मुनिका रनरहरुले अनिवार्य रुपमा आफ्नो अभिभावककोस्वीकृति हुनपर्ने जानकारी गराएको

असोज १७ गते हुने उक्त रनमा बढिमा हजार जना सम्म प्रतियोगी रहने छन् भने हजार जनाभन्दा पछि दर्ता भएका रनरहरु रन गर्न पाउने तर अप्रतियोगि हुने जानकारी आयोजकलेजानकारी गराएको

यसै गरी तीनै समूह मध्य ओपन क्याटागोरी तर्फका महिला/पुरुष प्रथम,दितीय र तेश्रोले क्रमश: नगद १५ हजार, १० हजार र ७ हजार ५ सय सहित फिनिसर मेडल प्राप्त गर्ने छन् र यसैगरी भेटेरान महिला पुरुष क्याटागोरीका प्रथम,दितीय र तेश्रो स्थान प्राप्त गर्नेले क्रमश १० हजार, ७ हजार ५ सय र ५ हजार  सहित मेल प्राप्त गर्नेछन् भने सुपर भेटेरान अन्तर्गत प्रतियोगी महिला/पुरुष प्रथम हुनेले मात्र १० हजारका दरले नगद पुरस्कार र फिनिसर मेडल प्राप्त गर्ने छन् ।

यो पनि पढ्नुहोस  इन्जिनियरिङ विद्यार्थीहरूले कोशी प्रदेशमा गर्दैछन् पर्यटनको नयाँ बाटो

यसैगरी रनमा सहभागी रनरहरु सबैको लागि एकदिने बीमा समेत गरिएको आयोजक कमिटीले जनाएको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित