सोमवार, साउन ११, २०८३ | Mon July 27, 2026


शिशु माबि राई गाउमा भब्य बाल दिवस कार्यक्रम सम्पन्न, नाटकले रोए अभिभाबकहरु

शिशु माबि राई गाउमा भब्य बाल दिवस कार्यक्रम सम्पन्न, नाटकले रोए अभिभाबकहरु

Omribung Admin | २ वर्ष अघि

भदौ २८ खोटाङ : ऐसेलुखर्क गापा खोटाङ महेश्वरी ५ स्थित श्री शिसु माबि सगरमाथा टिम्स बाल क्लबले एक कार्यक्रमको आयोजना गरी ६० औं बाल दिवस भब्य रुपमा मनाएको छ । बाल दिवस बालबालिकाहरूको सम्मानमा प्रत्येक वर्ष मनाइन्छ जसको मिति देश अनुसार फरक रहेको छ। अर्को शब्दमा भन्नु पर्दा बाल बालिकाहरूको नाममा मनाइने दिवसलाई ‘बाल दिवस’ भनिन्छ। नेपालमा भने प्रत्येक बर्षको भदो २९ गते मनाईन्छ ।

सगरमाथा टिम्स बाल क्लवले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख आकर्षकको रुपमा “बिडम्बना” नामक नाटक बालबालिकाहरुले प्रस्तुत गरेका थिए । बाल क्लवका सचिब प्रिती राईद्वारा लिखित उक्त नाटकले सबै दर्शकहरुको मन छोएको थियो । समसामयिक बिषएमा उक्त नाटकले सामाजिक बिक्रिति र बिसंगतीहरुको प्रति बिम्बन गरेको थियो भने उक्त नाटक हेर्ने धेरै दर्शकहरु धुरु धुरु रोएको प्रत्यक्ष देखिन्थ्यो भने नाटक लेखकलाई बिब्यस अध्यक्ष बिरुमान राईले नगद पुरस्कार  प्रदानगरी सम्मान गरेका थिए । यसरि बाल दिवस मनाईरहदा स्थानिय अभिभाबकहरुले स्वत स्फुर्त रुपमा आर्थिक सहयोग पनि गरेका थिए जसमा रु. बीस हजार भन्दा धेरै रकम संकलन भएको प्रअ राजु निरौलाले जानकारी गराए ।

नेपालमा भने भदौ महिनाको २९ गते मनाइने गरिएकोमा शिशु माबिमा भने २८ गतेनै मनाईएको थियो । बाल क्लबका शिक्षक प्रतिनिधि खेटराज काफ्लेका अनुसार २९ गते पालिकाले बाल दिवस बिशेष कार्यक्रम राखेको हुनाले २८ गतेनै मनाईएको जानकारी गराए ।

 

उक्त कार्यक्रम क्लवका उपाध्यक्ष प्रसिका राईको भापतित्व, प्रमुख  अतिथि वडाका अध्यक्ष टंकराम राई रहेका थिए भने बिशेश अतिथी बिब्यस अध्यक्ष बिरुमान राई रहेका थिए । कर्यक्रम सन्चालन क्लबका अध्यक्ष बिनोद राईले गरेका थिए ।

यो पनि पढ्नुहोस  धरान उप महानगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा राखिएको नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर ‘यलम्बर’ को फोटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित