शनिबार, बैशाख १९, २०८३ | Sat May 02, 2026


विश्व मुटु दिवस २०२४ को अबसरमा घुम्ति सिबिर धरान भानुचोकमा

विश्व मुटु दिवस २०२४ को अबसरमा घुम्ति सिबिर धरान भानुचोकमा

Omribung Admin | २ वर्ष अघि

ABCDE”जचाऔं मृगौला र मुटु बचाऔं” भन्ने मुल नाराका साथ धरान उप-महामगरपालिका,केएचडिसी नेपाल र बिपिको स्वा.बिज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा धरान स्थित भानुचोक घण्टाघरमा मुटु चेक जांच सिबिर सन्चालन भैरहेको छ । एकदिने उक्त सिबिरमा मुटु सम्बन्धि रोगको नि:शुल्क परीक्षण भैरहेको र जसको चेक जांचको लागि चाहिने आबश्यक साग्रीहरुको ब्यबस्थापन KHDC Nepal ले गरेको अध्यक्ष राजेन्द्र प्रसाद पोख्रेलले बताए 

भानुचोक घण्टाघर भित्र भैरहेको उक्त मुटु रोग परीक्षणका लागि बिपिको स्वा. बिज्ञान प्रतिष्ठान अन्तर्गत KHDC Nepal का डा.प्रज्वल गौतम र डा.सागरमणी रेग्मीले परीक्षण गरिरहेको  प्रोग्राम लिडर तथा संरक्षक प्रा.डा. संजीब कुमार सर्माले बताए। प्रत्येक बर्षको २९ सेप्टेम्बरका दिन मनाईने बिश्व मुटु दिबसको अबसरमा ताप्लेजुङको फुङलिङ,दमक र धरान गरी जम्मा ३ स्थानहरुमा सिबिर सन्चालन भैरहेको फिल्ड नर्सिङ सुपरभाईजर बेङमु तामाङले बताईन् ।

प्रायजसो मुटु रोगका बिरामीहरु अस्पताल सम्म आईपुग्दा उनिहरुलाई पक्षघात, ह्रदयघात जस्ता जटिलताहरु भएपछि मात्र आउने र बिरामीहरुको उपचारमा बढि समस्या आउने भएकोले गर्दा जनचेतना र सुरुवाती अबस्थामा रोग पत्ता लगाउनका लागि समूदाय स्तरमा यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरिएको कार्यक्रम संयोजक ममित राईले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  पोषण कार्यक्रमलाई जनस्तरसम्म र्पुयाउन मुख्यमन्त्री राउतको निर्देशन


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित