
मंसिर २९ गते, काठमाडौ । सोलुखुम्बु स्थाई घर भई हाल काठमाडौ उपत्यकामा बसोबास गर्दै आएका थुलुङ राईहरुको संस्था, थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभासम्पन्न भएको छ । थुलुङ दुधकोशी गाँउपालिकाका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा काठमाडौ स्थिति सुकेधाराको नवदुर्गा पार्टि प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त विशेष साधारण सभाले विधान संसोदन गरेर पासाङ दोर्जे राईको नेतृत्वमा नवगठित कार्यसमितिलाई अनुमोदन समेत गरेको छ । कार्यसमितिमा अध्यक्षमा पासाङ दोर्जे राई उपाध्यक्षमा नरबहादुर राई ,सचीबमा भाइकाजी राई ,सहसचिव सर्जन राई , कोषाध्यक्षमा छिरीङ राई ,सदस्यहरुमा ललिता राई, चन्द्रकला राई, रुद्र बहादुर राई, चित्रमणी राई, नरेन्द्र राई, चन्द्र बहादुर राई रहेका छन ।
संस्था स्थापना काल भन्दा अगाडि देखिनै संस्थाले विभिन्न सामाजिक गतिविधिहरु गरिरहेको सचिव अध्यक्ष पासाङ दोर्जे राईले बताए । सार्थै स्थापनाको छोटो कालमा नै संस्थाले वृक्षारोपन, सरसफाई, असाहायहरुलाई खाना पानी बितरण जस्तो काम गरेको र निरन्तर गरिरहने संस्थाका सचीब भाईकाजी राईले जानकारी दिए ।।।

धरान उपमहानगरको १६ औं नगर सभा सम्पन्न भैरहदा उपमहानहरको प्रमुख प्रबेश द्वारले गर्दै गरेको स्वागत

नगर प्रमुख हर्कराज राईले एडिबीको फाईल पुन:खोल्दै,१५ करोड सल्लाहमै झ्वाम, भन्छन जनअदालतमा पेश गर्ने

धनकुटामा चार क्याम्पसको चुनाव तीनमा अनेरास्ववियुको अग्रता र एकमा नेविसंघ विजयी

धरान ४ मा ढुंगे कला पार्कको निर्माण हुदै, बढ्न थाल्यो पर्यटकहरुको रोजाईको स्थल

धरान १० के रन १३ औं नेवा च्यारिटी सम्पन्न को को भए प्रथम ?

प्रतिक्रिया दिनुहोस्