मंसिर २९ गते, काठमाडौ । सोलुखुम्बु स्थाई घर भई हाल काठमाडौ उपत्यकामा बसोबास गर्दै आएका थुलुङ राईहरुको संस्था, थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभासम्पन्न भएको छ । थुलुङ दुधकोशी गाँउपालिकाका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा काठमाडौ स्थिति सुकेधाराको नवदुर्गा पार्टि प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त विशेष साधारण सभाले विधान संसोदन गरेर पासाङ दोर्जे राईको नेतृत्वमा नवगठित कार्यसमितिलाई अनुमोदन समेत गरेको छ । कार्यसमितिमा अध्यक्षमा पासाङ दोर्जे राई उपाध्यक्षमा नरबहादुर राई ,सचीबमा भाइकाजी राई ,सहसचिव सर्जन राई , कोषाध्यक्षमा छिरीङ राई ,सदस्यहरुमा ललिता राई, चन्द्रकला राई, रुद्र बहादुर राई, चित्रमणी राई, नरेन्द्र राई, चन्द्र बहादुर राई रहेका छन ।

संस्था स्थापना काल भन्दा अगाडि देखिनै संस्थाले विभिन्न सामाजिक गतिविधिहरु गरिरहेको सचिव अध्यक्ष पासाङ दोर्जे राईले बताए । सार्थै स्थापनाको छोटो कालमा नै संस्थाले वृक्षारोपन, सरसफाई, असाहायहरुलाई खाना पानी बितरण जस्तो काम गरेको र निरन्तर गरिरहने संस्थाका सचीब भाईकाजी राईले जानकारी दिए ।।।
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्