आइतवार, बैशाख १४, २०८२ | Sun April 27, 2025


धरान उपमहानगरको १६ औं नगर सभा सम्पन्न भैरहदा उपमहानहरको प्रमुख प्रबेश द्वारले गर्दै गरेको स्वागत

धरान उपमहानगरको १६ औं नगर सभा सम्पन्न भैरहदा उपमहानहरको प्रमुख प्रबेश द्वारले गर्दै गरेको स्वागत

Omribung Admin | १ महिना अघि
  1. धरान: धरान उपमहानगरपालिकाको १६ औं नगरसभा बजेटमा केही संशोधन र थपघटको प्रस्ताव अनुमोलन गर्दै बिहिबार सकिएको छ।

अघिल्लो नगरसभा (१५ औं) बाट स्वीकृत भएको आर्थिक बर्ष २०८१/०८२ को बजेटमा १० लाख ३२ हजार थप गरी १ अर्ब ८९ करोड ५४ लाख ८० हजार २८० रुपैया कायम गर्दै नगरसभा समापन भएको छ । उक्त नगरसभामा उपमेयर अइन्द्रबिक्रम बेघाले बजेट संशोधनको प्रस्ताव पेश गर्ने क्रममा चालु आर्थिक बर्षमा फागुन मसान्तसम्मको प्रगतिलाई पनि सारंशमा प्रस्तुत गरेका थिए । यसरी उपप्रमुख बेघाले बजेट भाषण गर्दै गरेको बेला प्रमुख प्रबेशद्वारले भने हासेर चुपचाप मन्द मुस्कानले हेरिरहेको महसुस हुदै थियो ।

उपमेयर बेघाका अनुसार ८ महिनाको अवधिमा अनुमान गरिएको संघीय तथा प्रदेश सरकारको अनुदान, राजश्व बाँडफाँडको आय र आन्तरिक आयसमेत गरेर १ अर्ब १३ करोड ८९ लाख ४५ जार २०१ मात्र आय प्राप्त भएको छ । यो कुल आय अनुमानको ६०.१२ प्रतिशत हो ।

यसमा संघीय सरकारको अनुदान ६९.५२ प्रतिशत, प्रदेश सरकारको अनुदान ४३.३९ प्रतिशत, राजश्व बाँडफाँडमा ३९ प्रतिशत र आन्तरिक आयतर्फ ६४.७८ प्रतिशत रहेको पनि उपमेयर बेघाले जानकारी दिए । गत बर्षको मौज्दात रकमलाई हटाएर हेर्ने हो भने आन्तरिक आम्दानीतर्फ ४० प्रतिशत मात्र हो । ‘यो अवस्थालाई सन्तोषजनक मान्न नसकिने भएकोले यसतर्फ सभाको ध्यानाकर्षण गर्दै राजश्व वृद्धितर्फ पहल हुनुपर्ने देखिन्छ,’ उपमेयर बेघाले भने ।

व्ययतर्फ भने नगर कार्यपालिका र वडा कार्यालयहरुसमेत गरी कुल ८३ करोड ७ लाख ८६ हजार ५९८ मात्र भएको छ । यो कुल व्यय अनुमानको ४३.८५ प्रतिशत मात्र हो । उक्त खर्चमध्ये पनि चालु खर्चतर्फ विनियोजित बटेको जम्मा ५३ प्रशित अर्थात ५९ करोड ४४ लाख ६० हजार मात्र खर्च भएको छ ।

यो पनि पढ्नुहोस  सुम्निमा पारुहाङ साझ-२ सम्बन्धि मेयर साम्पाङको पत्रकार सम्मेलन

यस्तै, पूँजीगत खर्चतर्फ विनियोजित बजेटको २६.७६ अर्थात १९ करोड ६३ लाख २६ हजार ५९८ मात्र खर्च भएको छ भने बित्तिय व्यवस्था (खानेपानी आयोजना ऋण भुक्तानी) तर्फ ४ करोड अर्थात अनुमानको सतप्रतिशत खर्च भएको उपमेयर बेघाले जानकारी दिए । ‘यसरी हेर्दा ८ महिना अवधिको पूँजीगत खर्च सन्तोषजनक नभएपनि दशैं तिहार जस्ता ठुला चाडपर्वहरु र बर्षाको समयलाई बिचार गर्दा संघीय सरकार र प्रदेश सरकारहरुको पूँजीगत खर्चको अवस्था अनुसार त्यति निराशाजनक नभए पनि अबका दिनमा हुने कार्यक्रमहरुलाई अझ सघनरुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ,’ बेघाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित