लजेस राई :- धरान, २० – धरान २० स्थित श्रमसंस्कृति गोर्खा चौतारीमा दुई थान माउन्टेन गण (Mountain Gun) स्थापना गरिएको छ। गोर्खाली लाहुरेहरूको योगदान र गौरवलाई सम्मान गर्न स्थापना गरिएको उक्त गणको प्रायोजन Chief Inspector (रिटायर्ड) श्री नेत्र बहादुर थापा (गोर्खा) र A.S.P (रिटायर्ड) श्री मदन कुमार गुरुङ (चितवन) ले संयुक्त रूपमा गर्नुभएको हो।
दुई थान माउन्टेन गण निर्माण तथा स्थापनामा जम्मा रु. १,७०,००० (अक्षरेपी एक लाख सत्तरी हजार रुपैयाँ) खर्च गरिएको निर्माणाधीन गोर्खा चौतारीका निर्देशक श्री पूर्ण लिम्बुले जानकारी दिनुभयो।
गोर्खा चौतारीमा प्रारम्भमा लण्डनबाट गोर्खा सेनाले प्रयोग गर्दै आएको ‘डोमी’ स्वरूपको माउन्टेन गण ल्याउने योजना थियो। तर अध्यागमन विभागमार्फत ‘डोमी’ लाई पडकिने हतियारका रूपमा वर्गीकृत गरिएपछि कानुनी प्रक्रिया जटिल भएकाले त्यो योजना कार्यान्वयन हुन सकेन। अन्ततः नेपालको एक स्थानमा निर्माण गरि ‘लोकल ब्राण्ड’ को रूपमा माउन्टेन गणको स्वरूप तयार पारिएको हो।
स्थापनाको अवसरमा धरानमा बसोबास गर्ने गोर्खा लाहुरेहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यो पहलले लाहुरे इतिहासलाई नयाँ पुस्तामा जीवन्त बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्