शुक्रबार, कार्तिक ७, २०८३ | Fri October 23, 2026


धरान २० मा अविरल वर्षाले सडक क्षति, मर्मत कार्य सुरु हुने आश्वासन

धरान २० मा अविरल वर्षाले सडक क्षति, मर्मत कार्य सुरु हुने आश्वासन

Omribung Admin | १ वर्ष अघि

लजेस राई:धरान प्रदेश १
धरान उपमहानगरपालिका–२० अन्तर्गत साविक बिष्णुपादुका–९ को ठूलो खैरे हुँदै जमुनेगाउँ सम्म जोडिने सडक खण्ड हालैको अविरल वर्षाका कारण व्यापक क्षति पुगेको छ। बगर थुप्रिएको पाँखाबाट माटो र ढुंगा झरेर सडकको धेरै भूभाग अबरुद्ध भएको छ, जसले गर्दा स्थानीयवासीहरूलाई दैनिक यात्रा गर्न कठिनाइ भएको छ।

उक्त क्षेत्रका बासिन्दाहरूको मुख्य बजार धरान–११ मंगलवारेमा रहेको मङ्गलबजार हो, परापूर्वकालदेखि हरेक मङ्गलबार र शुक्रबार स्थानीय हटिया लाग्दै आएको छ। तर, सडक अवरुद्ध हुँदा स्थानीयहरूलाई आधा बाटो पैदल हिँडेर र आधा बाटो सवारी साधन प्रयोग गरी बजारसम्म पुग्न बाध्य हुनु परेको छ

यस सम्बन्धमा वडाध्यक्ष श्री पदम लिम्बुसँग जिज्ञासा राख्दा, ठूलो खैरे क्षेत्रमा हाल सडक मर्मत कार्य जारी रहेको जानकारी गराउँदै, केही समयमै सिरिसे–जमुने सडक खण्डमा पनि काम सुरु गरिने आश्वासन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  याक्थुङ सिने अवार्ड इन्टरनेशनल–२०८२ आयोजना हुने


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित